Saturday 11th April 2026

राष्ट्रिय क्रिकेट टोली एक दिवसिय खेलमा जित हाँसिल गरि स्वदेश फर्कियो


तितोपाटी – नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । ऐतिहासिक इङ्ल्याण्ड र नेदरल्यान्ड्सको महत्त्वपूर्ण भ्रमण सकाएर राष्ट्रिय टोली आज स्वदेश फर्किएको हो । नेपालले नेदरल्यान्डससँग भएको दुई खेलमा एक खेलमा पराजित र एक खेलमा जित हासिल गरेको थियो । नेपालको यो नै एकदिवसीय क्रिकेटमा पहिलो एेतिहासिक जित थियो ।

त्रिभुवन विमानस्थलमा पत्रकारहरुमा नेपाली क्रिकेटका कप्तान पारस खड्काले नेदरल्यान्ड्ससँको एक दिवसीय क्रिकेट सिरिजमा नेपालको प्रदर्शन राम्रो रहेको प्रतिक्रिया दिए।

नेपालले क्रिकेटको मक्का मानिने इङ्ल्याण्डको लड्समा नेदरल्यान्ड, एमसिसीसंग मैत्रीपुर्र्ण टि–ट्वान्टी सिरिज खेलेको थियो । जसमा नेपाल र नेदरल्यान्ड संयुक्त रूपमा विजयी भएका थिए । यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्त्वपूर्ण खेलाडी सन्दीप लामिछाने नेदरल्यान्ड्सबाट क्यारिबियन प्रीमियर लिग सिपिएल खेल्न वेस्ट इन्डिजतर्फ लागेका छन् ।

अगस्ट १ र ३ तारिखमा ऐतिहासिक एक दिवसीय क्रिकेट सिरिज खेल्न नेपाल नेदरल्यान्डस् पुगेको थियो। अब नेपालले अगष्टको २९ देखी मलेसियामा एसिया कप क्रिकेटको छनोटको खेल खेल्ने छ।

पहिलो खेल नेपालले ओमानसँग अगष्ट २९ मा बायोमास ओभलमा खेल्नेछ। अगस्ट ३० मा नेपालले आफ्नो दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स ९युएईं०को सामना गर्नेछ। सेप्टेम्बर १ मा नेपालले आयोजक मलेसियासँग, सेप्टेम्बर २ मा सिंगापुरसँग र सेप्टेम्बर ४ मा हङकङसँग खेल्नेछ। ६ राष्ट्र सम्मिलित छनोट खेल सेप्टेम्बर ७ सम्म चल्नेछ।


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...