Tuesday 5th August 2025

महाराजगञ्जमा सवारी दुर्घटनामा परि २ को मृत्यु


तितोपाटी – काठमाडौंको महाराजगञ्जस्थित अमेरिकन राजदूतावास अगाडि भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

गएराती १ः४५ बजे बाटोमा रोकी राखेको बा४ख ९८५४ नम्बरको ट्रिपरलाई बा१९च ६५१५ नम्बरको भ्यानले ठक्कर दिँदा भ्यानमा सवार खोटाङका ३३ वर्षीय रामबहादुर थापा र सिन्धुपाल्चोकका ३० वर्षीय पशुपति सिलवालको मृत्यु भएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले भ्यानले ट्रिपरलाई ठक्कर दिँदा भ्यानमा रहेका तीन जनामध्ये थापा र सिलवालको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी दिए।

भ्यानका चालक सिन्धुपाल्चोकका २२ वर्षीय सुरेश पराजुली भने घाइते भएका छन्। उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। दुवै सवारीसाधन र ट्रिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस


सम्बन्धित शीर्षकहरु

मनिला: भारतीय नौसेना युद्धपोतहरूले पहिलो पटक आफ्ना फिलिपिनी समकक्षीहरूसँग विवादित दक्षिण चीन सागरका क्षेत्रहरूमा गस्ती सुरु गरेको मनिलाको सेनाले सोमबार…

चीनले ६ महिनासम्म अवतरण नगरी उड्न सक्ने सौर्य ऊर्जाबाट चल्ने ड्रोनको परीक्षण गर्‍यो सिनजियाङको मरुभूमिमा, चीनले उच्च-उचाइको सौर्य ड्रोनको वास्तविक-विश्व…

नेपाली जनताले बहुदलको शासन व्यवस्था अंगालेको ३६ वर्ष भइसक्यो । यो अवधिमा देशको बागडोर तीन प्रमुख दल — नेपाली कांग्रेस,…

प्रतिकृयाहरू
...