Tuesday 13th January 2026

नेपालले नेदरल्याण्डलाई १ रनले हरायो


तितोपाटी – नेपालले एक दिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त खेलमा आफ्नो पहिलो जीत हासिल गर्न सफल भएको छ । नेदरल्याण्ड विरुद्धको दोस्रो एक दिवसीयमा आज १ रनको जीत हासिल गर्दै नेपालले ईतिहास बनाएको हो ।
नेपालको जीतमा बलर सोमपाल कामी र कप्तान पारस खड्काको े प्रदर्शन उत्कृष्ट रह्यो । उनले नेपालको पारी उकास्न ७१ रनको योगदान गरे । उनले एक विकेट समेत लिएका थिए । त्यसै गरी कप्तान पारस खड्काले ५१ रन जोडे पछि नेपालले दुई सय १६ रनको मध्यम स्कोर खडा गरेको थियो । जवाफी व्याटीगंमा उत्रिएको नेदरल्याण्डले पुरै ५० ओभरमा सबै विकेट गुमाएर २ सय १५ रन जोड्यो । अन्तिम ओभरमा कप्तान पारसले बलिगं गर्ने क्रममा एक बलमा दुई रन चाहिएको स्थितिमा उनले विकेट लिए पछि नेपालले रोमाञ्चक जीत निकालेको हो ।
नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने ललित भण्डारीले २ तथा बसन्त रेग्मीले एक विकेट लिए । नेदरल्याण्डका बरेसीले ७१ रन जोडेका थिए । पहिलो खेल नेदरल्याण्डले ५५ रनले जितेको थियो ।


सम्बन्धित शीर्षकहरु

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

प्रतिकृयाहरू
...