Saturday 31st January 2026

भलै दुधले नुहाएको को छ र यहाँ ?


-माधव पाैडेल ‘असल यात्री’

समाजसेवाको खोस्रो अोड्नेहरु हो
राजनितिज्ञ बनि राल काड्नेहरु हो
चन्द्रमामा त दाग देखिन्छ भन्छन्
मानव हौ तिमी कन्चन हुन्नौ रति
सके भलो गर मनलागे कुभलो पनि
कसले केही भन्नलाकि डरत्रास नमान यँहा
भलै दुधले नुहाएको को छ र यँहा ।।

अाफुले रोपेको ब‍ोट मार्ने युग अायो
अाफ्नै रगतको बैतर्नि तार्ने दिन अायो
पाप धर्मको हिसाब किताब नराख कत्ति
अाफु बन अाफन्तलाई बनाउ अाजै
भोलिको के भर समय कहाँ पुग्छ कहाँ
भलै दुधले नुहाएको को छर यँहा ।।

सपना ठुलो देखाउ ,तारा अाजै झार्छु भन
देशका रैतीहरुलाई अघि बडि मार्छु भन
बोलेको कुरा कसले पूरा गरेका छन् र
बोल मुखमा अाएजति सबै सुन्ने मात्र हुन्
ताली बज्छ वाह वाह अाँउछ सार सारमा यहाँ
भलै दुधले नुहाएको मान्छे को छर यहाँ ।।।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...