Tuesday 7th April 2026

कविताः साउन १५


-माधव पाैडेल ‘असल यात्री’

हजुर बुबाको माया,
मिर्मिरे उज्यालो ,
अंगेनाको राप
कुडेभरि सुबर्णे गाईको दूध
एक मुठ्ठी चामल
सानो पितल को पन्यु
मायाले भरिएको त्यो हात
हल्लिए धेरै बेर हल्लिए
हाम्रै खुशिको लागि
हो अोठकै मुस्कान को लागि
तयार भएछ भोजन
दिदीको हुकुम अायो
“वोई सबैजना उठ”
अाज त खिर पाकेछ
म ब्युझे र सोचे
बिहान किन खिर पाक्यो
हतार हतार अाँखा मिच्दै
पुगे ध्वासोले लत्पतिएको पात्रो हेर्न
साच्चै हो रहेछ अाज साउन पन्ध्र ।


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...