Tuesday 7th April 2026

भियतनाममा जन्ती बोकेको भ्यान दुर्घटना हुँदा एकै परिवारका १४ जनाको मृत्यु


तितोपाटी – मध्य भियतनामा अाज  भएको एक सडक दुर्घटनामा एकै परिवारका १४ व्यक्तिले ज्यान गुमाएका छन् । विवाहको पार्टीको लागि गइरहेको एक भ्यानलाई ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको थियो । सो भ्यानमा बेहुला समेत रहेका प्रहरीले जानकारी दिएको छ ।

मध्य भियतनाको क्वाङ नाम भन्ने स्थानमा भएको यस दुर्घटनामा बेहुला सहित एकै परिवारका अरु सदस्यको मृत्यु भएको थियो । उनीहरु स्थानीय समय अनुसार सोमबार बिहान २ बजेर ३० मिनेटमा छिमेकी प्रान्तमा रहेको बेहुलीको घर जाँदै थिए ।

प्रहरीले घटनाका बारेमा छानबिन सुरु गरेको स्थानीय प्रहरीले जनाएको छ ।

गत वर्ष भियतनाममा सडक दुर्घटनामा परी करिब ८ हजार २०० व्यक्तिको मृत्यु भएको थियो । अघिल्लो वर्ष पनि सो सङ्ख्या ८ हजार ६ सय थियो ।


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...