Saturday 27th December 2025

सडक दुर्घटनामा गर्भवतीको मृत्यु तर गर्भबाट बाहिर अाएको नवजात शिशु भने जीवितै


तितोपाटी – गत शुक्रबार ब्राजिलको एक भयानक दुर्घटनामा एक बालिका अप्रत्याशित रुपमा बाँच्न सफल भएकी छिन् ।

काठले भरिएको एक ट्रकमा गर्भवतीले यात्रा गरिरहेकी थिइन् । यात्राका क्रममा केही कारणवश ड्राइभरले ट्रकमाथि नियन्त्रण गुमाएका कारण साओ पाउलो र क्युरिटिबाबीचको सडकखण्डमा दुर्घटनाग्रस्त भयो ।

फलस्वरुपः ती गर्भवती महिला ट्रकभित्रको काठले थिचिनुअघि ट्रकको क्याबिनबाट उछिट्इन् ।

जसका कारण ती महिलाको पेट चिरियो । अचम्म त के भयो भने उद्दारकार्यमा खटेकाले महिलाको पेटबाट निस्किएको छोरीलाई उनीभन्दा केही पर घाँसमाथि रोइरहेको अवस्थामा भेटे ।

ती नवजात शिशुलाई अलिकति पनि चोट नलागेको र नाल पनि दुर्घटनामा काटिएको विभिन्न रिपोर्टलाई उद्धृत गर्दै डेली मेलले बताएको छ ।

बालिकाको पारिक्वेरा–एकु क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका बेला उनकी आमा ३९ हप्ताकी गर्भवती थिइन् ।

पुलिसले शिशुकी मृत आमाको पहिचान खुलाउन अनुसन्धान गरिरहेको छ ।

यसका लागि पुलिसले महिलाको आफन्तलाई अपिलसमेत गरेको छ । यदि कोही नभेटिए ती महिलाको अन्तिम संस्कार गरेर शिशुलाई अनाथालयमा पठाइने पुलिसले जानकारी दिएको छ ।

घटनास्थलमा पहिलो पटक पुग्ने प्यारामेडिक एल्टन फर्नान्डो बार्बोसाले उक्त भयानक दुर्घटनामा बालिका बच्नु एक चमत्कार भएको बताउँछिन् ।

उनी भन्छिन्, ‘उनलाई भगवानले नै हात थापेका हुन् । उनी कसरी बाँचिन् म आफैंपनि अचम्मित छु । महिलालाई धेरैवटा काठले थिचेको थियो । ’

दुर्घटनामा आमालाई बचाउन नपाउँदा आफूहरु दुःखी भएको उनले बताइन् । अस्पतालका स्टाफले बालिकाको नाम ‘जियोभान्ना’ राखेका छन् जसको अर्थ ‘भगवानद्वारा सुरक्षित’ हो ।

सामान्य घाइते ट्रक ड्राभइरले ती महिलालाई लिफ्ट मात्र दिएकाले उनीबारे केही जानकारी नभएको बताए ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहू कतारगेट प्रकरणका कारण आफ्नै देशले घेरिएका छन्। उनको सरकारका मानिसहरू उनीसँग रिसाएका छन्। अन्य नेताहरूले उनको…

बेइजिङ/शेन्जेन — चीनले अत्याधुनिक सेमिकन्डक्टर प्रविधिमा पश्चिमी देशहरूको दशकौँदेखिको वर्चस्व तोड्ने दिशामा ठूलो र गोप्य कदम चालेको खुलासा भएको छ।…

प्रतिकृयाहरू
...