Tuesday 17th March 2026

अाज अन्तर्राष्ट्रिय मानब बेचबिखन विरूद्धको दिवस


तितोपाटी – हरेक वर्ष जुलाई ३० मा अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस मनाउने गरिन्छ । आज पनि विश्वभर मानव बेचबिखन विरुद्धको दिवस मनाइएको छ ।

मानव बेचबिखन जघन्य अपराधका रुपमा लिने गरिन्छ । विभिन्न मुलुकमा हत्या कै रुपमा मानव बेचबिखनलाई लिने गरिन्छ ।

महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउने जस्ता कार्यलाई मात्र मानव बेचविखन मान्ने परिभाषा निकै पुरानो भइसकेको छ ।

पछिल्लो समय मानव बेचबिखनको प्रवृति फेरिँदै गएको छ । कुनै पनि व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाद्वारा कुनै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग झिक्ने, बेश्यावृति वा अन्य प्रकारका यौन शोषण गरिन्छ भने त्यो नै मानव बेचबिखन तथा ओसारपसार हो ।

हरेक बर्ष झैं यस बर्ष पनि संयुक्त राष्ट्रसंघले मानव बेचबिखन सम्बन्धि सचेतना फैलाउन आज को दिनमा यो दिवस मनाउने गरिन्छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

प्रतिकृयाहरू
...