Thursday 6th November 2025

अाज अन्तर्राष्ट्रिय मानब बेचबिखन विरूद्धको दिवस


तितोपाटी – हरेक वर्ष जुलाई ३० मा अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस मनाउने गरिन्छ । आज पनि विश्वभर मानव बेचबिखन विरुद्धको दिवस मनाइएको छ ।

मानव बेचबिखन जघन्य अपराधका रुपमा लिने गरिन्छ । विभिन्न मुलुकमा हत्या कै रुपमा मानव बेचबिखनलाई लिने गरिन्छ ।

महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउने जस्ता कार्यलाई मात्र मानव बेचविखन मान्ने परिभाषा निकै पुरानो भइसकेको छ ।

पछिल्लो समय मानव बेचबिखनको प्रवृति फेरिँदै गएको छ । कुनै पनि व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाद्वारा कुनै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग झिक्ने, बेश्यावृति वा अन्य प्रकारका यौन शोषण गरिन्छ भने त्यो नै मानव बेचबिखन तथा ओसारपसार हो ।

हरेक बर्ष झैं यस बर्ष पनि संयुक्त राष्ट्रसंघले मानव बेचबिखन सम्बन्धि सचेतना फैलाउन आज को दिनमा यो दिवस मनाउने गरिन्छ ।


सम्बन्धित शीर्षकहरु

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० पार्टी/समूहबीच एकता घोषणा भएको छ । बुधबार (कात्तिक १९) भृकुटीमण्डपमा एक कार्यक्रम…

सेबु: मंगलबार मध्य फिलिपिन्सको कालमेगी आँधीले ल्याएको वर्षाले ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन्।…

प्रतिकृयाहरू
...