तितोपाटी – सप्तरीको बोदेवरसाइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह यादवले नगरपालिकाको कार्यालय भवन निर्माणका लागि जग्गा दान गरेका छन्। उनले करीब रु पाँच करोड मूल्य बराबरको जग्गा दान गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको केन्द्र वरसाइन बजारमा कार्यालयको नयाँ भवन निर्माणको उद्देश्यले आफ्नै नाममा रहेको १० कट्ठा जग्गा दान गरेका हुन् ।
पहिलेदेखि सञ्चालनमा रहेको नगरपालिकाको कार्यालय कृषि सेडमा सञ्चालन हुँदै आएको थियो ।
उक्त स्थानमा सेवाग्राहीअनुसार ठाउँ नरहेकाले जनतालाई सुविधा हुने गरी बजारमै नयाँ कार्यालय भवन निर्माण होस् भनेर उनले आफ्नै जग्गामा नगरपालिका भवन निर्माण गर्न लागिएको बताइएको छ ।