Tuesday 3rd March 2026

सुर्खेतमा भिरबाट खसेर एक महिलाको मृत्यु


तितोपाटी – कबेसी नगरपालिका–६ सुर्खेतकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ ।

शनिबार घाँस काट्न जाँदा हर्षबहादुर सुवालकी श्रीमती ३५ वर्षीया मोती सुवाल भिरबाट खसेकी थिइन् । लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा नेपालगन्ज लैजाने क्रममा कोहलपुर पुग्दा बेलुका ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले जानकारी दिए । शवपरीक्षणका लागि मेहलकुना अस्पताल सुर्खेतमा राखिएको छ ।

त्यसैगरी साउन १० गते दिउँसो ३ बजे घरबाट हराएका सुर्खेत बराहताल गाउँपालिका–५ सोतखोला निवासी लीलाराम भण्डारीका ३ वर्षीय छोरा बाबुराम भण्डारी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिबार ५ बजे उनी झुलखोला भन्ने स्थानमा मृत फेला परेका थिए । फेला परेको शवको परीक्षण र सतगदका लागि आफन्तलाई बुझाइएको छ । घटनाका बारेमा अनुसन्धान थालिएको जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनावका बीच शेख फहाद अल-युसुफ अल-सबाह ले कुवेतका सबै सुरक्षा र सैन्य निकायहरूलाई उच्च सतर्कतामा परिचालन गरिएको…

प्रतिकृयाहरू
...