Sunday 1st February 2026

सुर्खेतमा ५ वर्षीया बालिकालार्इ बलात्कार गर्न खोज्ने ४५ वर्षे युवा पक्राउ


तितोपाटी – पाँच वर्षीया बालिका बलात्कार प्रयास गरेको आरोपमा सुर्खेत पञ्चपुरी–२ का ४५ वर्षका यामलाल सापकोटालाई प्रहरीले पक्राउ गरेको छ।

सापकोटाले शनिबार राति साढे १२ बजेतिर बालिकाको घरमा पसेर बलात्कार गर्ने प्रयास गरेको इलाका प्रहरी कार्यालय बावियाचौरका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले जानकारी दिए।

‘बालिका सुतिरहेको बेला घरभित्र पसेर सापकोटाले बलात्कार प्रयास गरेका रहेछन्’ श्रेष्ठले भने, ‘आफन्तले थाहा पाएपछि भागेर मकैबारीमा लुकिरहेको बेला हामीले पक्राउ गयौं।’ इलाका प्रहरी कार्यालयले सापकोटालाई आवश्यक कारवाहीलाई लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी, जनवरी ३० — जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले आफ्नो घरेलु कामदार भर्ती विभागमार्फत कुवेती श्रम कानुन अन्तर्गत…

कुवेतस्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “श्रम सचेतना” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोस्टा डेल…

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

प्रतिकृयाहरू
...