Thursday 18th December 2025

भारतमा बस दुर्घटना हुँदा कम्तीमा ३३ को मृत्यु


तितोपाटी – भारतको महाराष्ट्र स्थित रायगढ जिल्लामा आज (शनिबार) भएको बस दुर्घटनामा कम्तीमा ३३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन। प्रहरीले दिएको जानकारी अनुसार उक्त बस दापोली कृषि विश्वविद्यालयबाट पिकनिकका लागि महाबलेश्वर जाँदै गर्दा अम्बेनाली घाट नजिकै सडकबाट करीब ५ सय फिट तल खसेको थियो।

प्रहरीले उक्त बसमा ३५ यात्रु सवार भएको हुन सक्ने अनुमान गरेको छ। दुर्घटनाबारे बसबाट हाम फाल्दै ज्यान बचाउन सफल भएका एक व्यक्तिले जानकारी गराएका थिए। बस सडकबाट तल रहेको खोल्सामा खस्दा उद्धारमा समस्या भईरहेको एक प्रहरी अधिकारीले बताए। दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन।


सम्बन्धित शीर्षकहरु

सिरियाली सरकारले मंगलबार आफ्नो सेनाले ISIS सँग सम्बन्धित सेलको नेतालाई मारेको र गत हप्ता सुरक्षाकर्मीमाथि भएको घातक आक्रमणमा संलग्न रहेको…

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । महाधिवेशनको निर्वाचन…

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

प्रतिकृयाहरू
...