Tuesday 17th March 2026

दक्षिणी सिरियामा भएको अात्मघाती विष्फोटमा २५० जनाको मृत्यु


तितोपाटी – दक्षिणी सिरियामा इस्लामिक स्टेट्स समूहले आत्मघाती आक्रमण र लगातार गरेको गोलाबारीमा परी करिब २५० व्यक्तिको मृत्यु भएको छ।

यी आक्रमणहरुमा मारिएका व्यक्ति आधाभन्दा बढी सर्वसाधारण भएका ‘सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्स’का प्रमुख रामी अब्देल रहमानले बताए।

सरकारको बलियो प्रभाव रहेको सिरियाको दक्षिणी भागमा पर्ने स्वेदामा बुधबार ती आक्रमणहरु भएका थिए। “आक्रमणबाट सरकार समर्थक लडाकूहरुको पनि ज्यान गएको र ठूलो संख्यामा आमनागरिक घाइते भएकाले मृत्यु हुनेको संख्या अझै बढ्ने देखिएको छ,” रहमानले भने।

सिरियामा सन् २०११ को मार्च महिनादेखि सुरु भएको रक्तपातपूर्ण गृहयुद्धबाट ३ लाख ५० हजारको मृत्यु भइसकेको छ, र तुलनात्मक रुपमा शान्त देखिएको स्वेदा प्रान्तमा पहिलोपटक भीषण आक्रमण भएको हो। सिरियाली राष्ट्रपति बसार अल असदको राजीनामाको माग गर्दै भएको जनआन्दोलन गृहयुद्धमा परिणत भएको थियो।

विश्वका महाशक्ति राष्ट्रहरु संयुक्त राज्य अमेरिका र रुस तथा युरोपेली युनियन आबद्ध मुलुकहरु र अरब मुलुकको राजनीतिक, आर्थिक, सामरिक तथा हातहतियारको प्रत्यक्ष, अप्रत्यक्ष सहयोगका कारण यहाँको गृहयुद्धबाट ठूलो मानवीय क्षति पुगेको हो।

गृहयुद्धको चपेटामा परेर लाखाैंको सङ्ख्यामा मानिसहरु घाइते हुनुका साथै लाखाैं सर्वसाधारण देश बाहिर शरणार्थी बन्न बाध्य भएका छन्।


सम्बन्धित शीर्षकहरु

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

प्रतिकृयाहरू
...