Saturday 11th April 2026

पाकिस्तानमाको निर्वाचन अपडेटः पुर्व क्रकेटर इमरान खानको पार्टी अग्रस्थानमा


तितोपाटी – बुधबार पाकिस्तानमा २७२ सिटको लागि भएको आम निर्वाचनको मतगणना जारी रहेको छ ।

प्रारम्भिक मतगणनाबाट प्राप्त तथ्याङ्कलाई हेर्दा पूर्व क्रिकेटर इमरान खानको पार्टी तरिक–ए–इन्साफ(पीटीआई) सरकार बनाउने बाटोतर्फ अघि बढिरहेको देखिन्छ ।

पाकिस्तानी समाचारपत्र डनका अनुसार ४७% मतदान केन्द्रहरुको मत गणना भइसक्दा पीटीआई ११३ सिटमा अगाडि रहेको छ । त्यस्तै पूर्व प्रधानमन्त्री नवाज शरिफको पाकिस्तान मुस्लिम लिग(पीएमएल–एन)ले ६४ सिटमा अग्रता लिएको छ । उता स्वर्गीय भेनेजीर भुट्टोको पाकिस्तान पिपुल्स पार्टी(पीपीपी) ४३ सिटमा अघि रहेर तेस्रो स्थानमा रहेको छ ।

न्यूज एजेन्सीहरुका अनुसार सन् २०१५ को आम निर्वाचनमा जस्तै यो पटक पनि ५० देखि ५५% मात्र मतदाताहरु मत दिन आए ।

नेशनल एसेम्ली भनिने पाकिस्तानको संसद ३४२ सिटको रहने व्यवस्था छ । जसमा ६० सिट महिलाहरु र अरु १० सिट अल्पसंङ्ख्यकहरुको लागि आरक्षित रहेको छ ।

पाकिस्तानको संसदमा बहुमतको लागि १३७ सिट आवश्यक पर्छ ।

२१ वर्षमा शून्यबाट सत्तासम्म 
पीटीआई पार्टी २२ वर्षअघि मात्रै स्थापना भएको हो । सन् १९९२ मा पाकिस्तानलाई क्रिकेट विश्वकप जिताउन प्रमुख भूमिका खेलेका क्रिकेटर इमरान खानको प्रयासमा यो पार्टी स्थापना भएको थियो ।
सन् १९९६ मा स्थापना भएको पीटीआईले त्यसको एक वर्षपछि भएको आम निर्वाचनमा आफ्ना सबै उमेद्वारले जमानत गुमाएको अवस्था सहनु परेको थियो ।

पीटीआईको खास उदय २०१३ पछि हुन थालेको मानिन्छ । त्यस वर्षको निर्वाचनमा उसले गरेका प्रदर्शनबाट उसले पाकिस्तानी राजनीतिमा पकड जमाएका स्थापित दुई ठूला पार्टीहरु पीपीपी र पीएमएलको विकल्पको रुपमा अघि आउन सक्ने सम्भावना देखाएको थियो ।

चर्को र क्रुद्ध भाषण गर्ने इमरान खानको पार्टीको उदयलाई पाकिस्तानको प्रगतिशिल पार्टी मानिने पीपीपीको घट्दो प्रभावले फाइदा पु¥याएको मानिन्छ । सन् २००८को आम चुनावमा सबैभन्दा ठूलो पार्टी भएको पीपीपी हाल निक्कै कमाजोर अवस्थामा पुगेको छ । यस निर्वाचनमा उसलाई बलियो प्रतिस्पर्धीको रुपमै हेरिएको थिएन ।
मुख्य प्रतिस्पर्धा नवाज शरिफको पार्टी र इमरान खानको पार्टीबीचमा मात्र देखिन्थ्यो ।

तर केही वर्ष अघि कसैले दीगो राजनीतिज्ञ नमानेका इमरान खानको अचानकको उदयमा धेरै त्यहाँको अत्यन्त शक्तिशाली सेनाको साथ रहेको आरोप लगाएका छन् ।

इमरान खानको पार्टीले सन् १९९९मा सेनाले गरेको ‘कु’ को समर्थन गरेको थियो ।

पीटीआईको उदय तलको तथ्याङ्कबाट पनि ठम्याउन सकिन्छ । तालिकामा प्रमुख तीन पार्टीको पछिल्ला तीन आम निर्वाचनको परिणाम दिइएको छ ।

 पाकिस्तान स्थापनाको ७१ वर्षमा तेस्रो पटक कार्यकारी शासनको हस्तान्तरण निर्वाचन मार्फत हुन लागेको हो । जसबाट इमरान खान प्रधानमन्त्री बन्ने सम्भावना रहेकाे समाचारहरुमा जनाइएकाे छ ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

होर्मुज जलडमरूमध्यबारे इरानले “नयाँ चरण” मा जाने संकेत गर्नु केवल भाषण मात्र होइन, क्षेत्रीय कूटनीति र विश्व ऊर्जा बजारलाई सीधा…

प्रतिकृयाहरू
...