Tuesday 17th March 2026

जापानमा सन १९९० मा सरिन ग्यास अाक्रमण गर्ने ६ जनालार्इ मृत्युदण्ड दिइयो


तितोपाटी – जापानको टोक्योस्थित भूमिगत रेलमार्गलाई लक्ष्य गर्दै सन् १९९० मा सरिन ग्यास आक्रमण समेतका शृंखलाबद्ध अपराधका दोषीमध्ये थप ६ जनालाई बिहीबार मृत्यु दण्ड दिइएको छ ।

यस हत्यामा संलग्न १३ जना मध्येका सात जनालाई तीन साताअघि नै फाँसी दिइएको थियो । सन् १९९० मा भूमिगत रेलमार्गमा सरिन ग्यास आक्रमण गरी १३ जना रेलयात्रुको हत्या गरेका थिए ।

यस समूहका सदस्यहरुले यात्रुहरुले भरिभराउ भूमीगत रेल जापानको मुख्य सरकारी जिल्लास्थित कासुमीगासेकी रेल्वे स्टेशन पुग्नै लाग्दा स्नायू प्रणालीमा असर पार्ने सरिन ग्यास आक्रमण गरेका थिए । आज मृत्युदण्ड दिइएका ६ जनामध्ये चार जनाले रेलभित्र सरिन ग्यास आक्रमण गरेका थिए ।

तीन हप्ताअघि मृत्यु दण्ड दिइएका सात जनामा सो हत्याकाण्डको नेतृत्व गर्ने तथाकथित धार्मिक नेता शोको आशाहारासमेत थिए । उक्त काण्डका प्रमुख उनी नै भएको प्रमाणित भएको थियो ।

तत्कालीन सरकारलाई पदच्यूत गरी प्रलयकारी परिस्थिति ल्याउने परिकल्पना गरेको यस शोको आशाहारा समूहले रासायनिक, जैविक र परम्परागत हातहतियार भण्डार गरेको थियो ।

जापानमा एकै महिनाको अवधिमा यतिधेरै व्यक्तिलाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो, जापानका न्यायमन्त्री योको कामीकावाले बताए । उनले भने– ‘यो अक्षम्य अपरोध हो । यस्ता घटनाको पुनरावृत्ति नहोस् भन्ने हामी चाहन्छौं ।’

फाँसीको सजाय दिइएका यी व्यक्तिमाथि सन् १९९५ मा जापानको टोक्योनजिकै माउन्ट फुजी आसपास एकै स्थानमा २७ जना जापानी नागरिककोे हत्या गरेको आरोप पनि लागेको छ ।

जापानमा निकै लामो अनुसन्धानपछि पत्ता लागेको यो घटनालाई एक कुख्यात हत्याकाण्डको रुपमा लिइएको छ । यस विषाक्त ग्यास आक्रमणबाट कम्तीमा छ हजार व्यक्ति नराम्ररी बिरामी परेका थिए ।

यो समूहमा कुनैबेला जापानमा १०,००० र रुसमा ३०,००० जना अनुयायी रहेको दाबी गरिएको थियो । जापान सरकारले यो समूहलाई प्रतिबन्ध लगाएको थियो ।


सम्बन्धित शीर्षकहरु

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

प्रतिकृयाहरू
...