Thursday 18th December 2025

बेइजिङस्थित अमेरिकी दूतावास नजिकै विष्फोट


तितोपाटी – मध्य बेइजिङस्थित अमेरिकी दूतावास नजिकै बम बिस्फोट भएको खबर छ ।

चीनको सरकारी समाचार माध्यम ग्लोबल टाइम्सका अनुसार स्थानीय बिहिबार करिब साढे १ बजे चीनको राजधानी बेइजिङमा रहेको अमेरिकी दूतावास नजिकै बिस्फोटको चर्को आवाज सुनेका हुन् ।

यद्यपी, घटनाको केही समय पछि नै दूतावासमा नियमित कामकारवाही सूचारु भइसकेको र मानिसहरु भिसा आवेदनका लागि लाइनमा बसिरहेको बीबीसीका स्टेफन म्याकडोनलेले जानकारी दिए ।

बिस्फोट हुनु करिब साढे दुई घण्टाअघि स्थानीय समयानुसार बिहान ११ बजेतिर दूतावास नजिकै आत्मदाह गर्न खोज्ने एक महिलालाई पक्राउ गरिएको जानकारी आएको छ ।

दुई घटना सम्बन्धित भए नभएको बारे स्पष्ट जानकारी छैन ।


सम्बन्धित शीर्षकहरु

सिरियाली सरकारले मंगलबार आफ्नो सेनाले ISIS सँग सम्बन्धित सेलको नेतालाई मारेको र गत हप्ता सुरक्षाकर्मीमाथि भएको घातक आक्रमणमा संलग्न रहेको…

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । महाधिवेशनको निर्वाचन…

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

प्रतिकृयाहरू
...