Friday 3rd April 2026

कैलालीमा प्रेमी सँग मिलेर श्रीमतीले गरिन् श्रीमानको हत्या


तितोपाटी – कैलालीको भजनी नगरपालिका वडा नं. ९ भुरुवामा स्थानीय एक महिलाले प्रेमीसँग मिलेर श्रीमान्को हत्या गरेकी छन् ।
वर्ष २६ की निर्मला राजीले वर्ष १८ को प्रेमी दिलिप राजीसँग मिलेर वर्ष ३५ को श्रीमान् नन्दु राजीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।
साउन ६ गते राति दिलिप निर्मलासँग उनको घरमा आएको भन्दै गाउँलेले प्रहरीलाई खबर गरेपछि बिहान प्रहरी निर्मलाको घरमा जाँदा दिलिप भागिसकेको र अर्को दिन दिलिपलाई स्थानीय गञ्जुवा प्रहरी चौकीले पक्राउ गरेर ल्याएपछि ७ गते राति अनुसन्धानको क्रममा निर्मला र दिलिप मिलेर नन्दुको हत्या गरेको खुल्न आएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए।
साउन ४ गते हराएका नन्दु राजीलाई आफूहरूले मारेर बोरामा हालेर नजिकैको प्रतिक्षा सामुदायिक वनमा खाल्डो खनेर गाडेको निर्मला र दिलिपले बताएपछि सो स्थानबाट मृतकको शव निकाली मुचुल्का समेत बनाएर टीकापुर अस्पतालमा पोष्टमार्टम् गरिएको छ । पोष्टमार्टम्पश्चात मङ्गलबार नै आफन्तले शव बुझेर दाहसंस्कार गरिसकेको र हत्यारा दुवैजनालाई मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक चन्दले बताए ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...