Saturday 31st January 2026

गजल



छैन ताजा खानेकुरा यहाँ,नत शुद्ध जल छ ।
एकाध मात्र पाइन्छ सत्य, जताततै छल छ ।।

बाटो भरि फोहोर मैला,कतै खाल्डा खुल्डी
खोलानालामा मिसाइएको,गन्हाउने ढल छ ।।

अत्याधिक छन् साधनहरु,अनि जामले गर्दा
गन्तव्यमा समय छँदै पुगेको ,न त कुनै पल छ ।।

कोहि सुत्छन् सडकमै,छैन ओत लाग्ने छाप्रो
कसैको चै गगनचुम्बी,सजिसजाउ म~हल छ ।।

एकै नासको छैन जीवन,सबका आफ्नै कथा
कसैलाई छ चरम सुख,काहिँ आँसुको भल छ ।।

(स्रष्टा कमला न्याैपानेको उपरोक्त गजल हाम्रो राजधानीको अवस्था बारेमा लेखिएको हो ।)

कमला न्याैपाने, झापा

हाल – भक्तपुर


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...