Saturday 11th April 2026

सेनाको क्याम्पमा अाक्रमण हुँदा सोमालियामा २७ सैनिक मारिए


तितोपाटी – सोमालियाको दक्षिणी क्षेत्रस्थित एक सैन्य शिविरमा इस्लामिक विद्रोहीले सोमबार भीषण आक्रमण गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार अल–सबाब विद्रोही समूहले गरेको आक्रमणमा परि कम्तीमा २७ सैनिको ज्यान गएको छ ।

बीबीसीका अनुसार विद्रोहीले बिहानको प्रार्थना गरिरहेका सैनिकमाथि आक्रमण गरी उनीहरूको ज्यान लिएको विद्रोही समूहले दाबी गरेको छ ।

एक सोमाली सैनिक अधिकारीले किस्मायो सहरबाट करिब ५० किलोमिटर टाढाको घटनास्थलमा थप सैनिक बल पठाइएको जनाएका छन् । अल–सबाब १० वर्षदेखि सोमालियामा विद्रोह गर्दै आएको समूह हो । अल–सबाबका प्रवक्ता अब्दियासिस अबु मुसाबले आफूहरूले सैनिकमाथि आक्रमण गरेपछि कतिपय नजिकैको जंगलतर्फ भागेर ज्यान जोगाएको दाबी गरे । रोयटर्स समाचार संस्थासँग कुरा गर्दै उनले ‘बम तथा गोलीको आवाज किस्मायोसम्म सुनिएको’ बताए ।


सम्बन्धित शीर्षकहरु

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

होर्मुज जलडमरूमध्यबारे इरानले “नयाँ चरण” मा जाने संकेत गर्नु केवल भाषण मात्र होइन, क्षेत्रीय कूटनीति र विश्व ऊर्जा बजारलाई सीधा…

इजरायली सेनाले दक्षिण लेबनानमा हिज्बुल्लाहका “सैन्य ठेगाना” र रकेट लन्च साइटहरूलाई लक्षित गर्दै ठूलो हवाई हमला गरेको जनाएको छ। इजरायलले…

प्रतिकृयाहरू
...