Thursday 6th November 2025

सेनाको क्याम्पमा अाक्रमण हुँदा सोमालियामा २७ सैनिक मारिए


तितोपाटी – सोमालियाको दक्षिणी क्षेत्रस्थित एक सैन्य शिविरमा इस्लामिक विद्रोहीले सोमबार भीषण आक्रमण गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार अल–सबाब विद्रोही समूहले गरेको आक्रमणमा परि कम्तीमा २७ सैनिको ज्यान गएको छ ।

बीबीसीका अनुसार विद्रोहीले बिहानको प्रार्थना गरिरहेका सैनिकमाथि आक्रमण गरी उनीहरूको ज्यान लिएको विद्रोही समूहले दाबी गरेको छ ।

एक सोमाली सैनिक अधिकारीले किस्मायो सहरबाट करिब ५० किलोमिटर टाढाको घटनास्थलमा थप सैनिक बल पठाइएको जनाएका छन् । अल–सबाब १० वर्षदेखि सोमालियामा विद्रोह गर्दै आएको समूह हो । अल–सबाबका प्रवक्ता अब्दियासिस अबु मुसाबले आफूहरूले सैनिकमाथि आक्रमण गरेपछि कतिपय नजिकैको जंगलतर्फ भागेर ज्यान जोगाएको दाबी गरे । रोयटर्स समाचार संस्थासँग कुरा गर्दै उनले ‘बम तथा गोलीको आवाज किस्मायोसम्म सुनिएको’ बताए ।


सम्बन्धित शीर्षकहरु

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० पार्टी/समूहबीच एकता घोषणा भएको छ । बुधबार (कात्तिक १९) भृकुटीमण्डपमा एक कार्यक्रम…

सेबु: मंगलबार मध्य फिलिपिन्सको कालमेगी आँधीले ल्याएको वर्षाले ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन्।…

प्रतिकृयाहरू
...