Tuesday 3rd March 2026

धादिङमा ४.८ रेक्टर स्केलको भूकम्प


तितोपाटी – धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको पराकम्प गएको छ । बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।

गजुरी आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाई पराकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

यसअघि गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको पराकम्प गएको थियो भने त्यस्तै गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रबिन्दु भई पाँच रेक्टर स्केलको पराकम्प गएको थियो ।

केन्द्रका प्रमुख अधिकारीका अनुसार विसं २०७२ को गोरखा (७.६ रेक्टर स्केल) भूकम्पपछि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका ५०५ वटा पराकम्प भएका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनावका बीच शेख फहाद अल-युसुफ अल-सबाह ले कुवेतका सबै सुरक्षा र सैन्य निकायहरूलाई उच्च सतर्कतामा परिचालन गरिएको…

प्रतिकृयाहरू
...