Friday 3rd April 2026

रोल्पामा पहिरोले पुरेर ३ जनाको मृत्यु


तितोपाटी – अबिरल बर्षा पछि आएको पहिरोमापरी रोल्पा सुनिलस्मृती गाउँपालिका ८ अरेसको फुल्ढारामा ३ जनाको मृत्यु भएको छ।

घर भन्दा टाढा रहेको हस्ते पुनको गोठ माथिबाट आएको पहिरोले पुर्दा स्थानीय करिब १८ वर्षिया चमेली पुन, करिब १८ वर्षिय हुमे घर्ती र करिब १२ वर्षिया ओबी घर्तीको मृत्यु भएको हो।

स्थानीय जीतबहादुर पुनका अनुसार गोठ गाउँ भन्दा अलि टाढा रहेकाले घटनाका बारेमा बिहान १० बजेतिर मात्र गाउँलेले थाहा पाएका थिए। पुनले भने ‘जिउँदै छन् कि भनेर गाउँलेले पहिरो पन्छाएर निकाल्यौं तर सास गईसकेको रैछ। प्रहरीलाई खबर गरेका छौं बिचबाटोमा आउँदै छ रे।’

घटनाको पुष्टी गर्दै रोल्पा प्रहरी प्रमुख डिएसपि ज्ञानेन्द्र प्रसाद फुँयालले सुलिचौरबाट प्रहरीको टोली घटनास्थल गएको बताए।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...