Saturday 31st January 2026

खै कसरी सम्झाउँ तिमीलार्इ महासय


-माधव पाैडेल ‘असल यात्री’

खै कसरी सम्झाउँ म तिमिलाई महासय
गालि ले गल्दैनो, बिरोधलाई टेर्दैनौ
अाफु मात्र राम्रो अरुलाई राम्रो देख्दै देख्दैनौ
अनसन बसौ मार्नै खोज्छौ,केही बोलौ जिव्रो थुत्छौ
खै कसरी सम्झाउँ म तिमिलाई महासय ।

लाग्छ राणा शासन तिमिले नै फाल्यौ
प्रजातान्त्रमा मल जल तिमिले हाल्यौ
सर्बेसर्व म नै भन्ने अहमंता कहिले सम्म
लाग्छ अाकाशको तारा पनि तिमीले खसाल्यौ
खै कसरि सम्झाउँ म तिमिलाई महासय ।।

नारा तिम्रा सर्बहाराको निम्ति भन्थ्यौ
गाउँ गाउँ छिरि गोहीको अाँशु झार्थौ
अहिले पुजीपति संग सम्बन्ध गास्यौ
खै के लोभले फस्यौ तिमि नगद मात्र गन्छौ
खै कसरी सम्झाउँ म तिमीलाई महासय ।।।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...