Saturday 2nd August 2025

दुग्ध कृषकको बिरोध प्रदर्शनको नाैलो तरिकाः सडकमा बसेर निःशुल्क दुध वितरण


तितोपाटी – दूधको मूल्य समायोजनको माग गर्दै दुग्ध किसानले सोमबार दूध बाँडेर बिरोध प्रदर्शन गरेका छन् ।

दूधको अतिरिक्त मूल्य घटाएको विरोधमा यसअघि सडकमा दूध पोखेर आन्दोलन गर्दै आएका किसानले सोमबार रत्ननगरस्थित पूर्व–पश्चिम राजमार्गको बकुलहर चोकमा दूध बाँडेर विरोध प्रदर्शन गरेका हुन् ।

दुग्ध विकास संस्थान र निजी डेरीले दूधको मूल्य घटाएको आरोपमा उनीहरु गएको शुक्रबारदेखि आन्दोलनमा थिए । मूल्य समायोजन नगरेसम्म आन्दोलन जारी राख्ने रत्ननगरका शिवकान्त पौडेलले बताए ।

यसअघि शुक्रबार राप्ती नगरपालिकास्थित भण्डारामा र आइतबार खैरहनी नगरपालिकाको ज्यामिरेचोकमा झण्डै ४०० लिटर दूध सडकमा पोखेर किसानले विरोध प्रदर्शन गरेका थिए । जिल्ला दुग्ध सहकारी संघका उपाध्यक्ष रामेश्वर पोखरेलले बाहिरको मिसावट दूध ल्याएर शुद्ध दूधमा खेलबाड गरेको आरोप लगाए ।

दुग्ध विकास संस्थान (डिडिसी)का निमित्त महाप्रबन्धक ईश्वरी न्यौपानेले दूधको मूल्य घटाएको नभई यसअघि किसानलाई गुणस्तर हेरेर दिइँदै आएको अतिरिक्त मूल्यमात्रै कटौती भएको बताए ।


सम्बन्धित शीर्षकहरु

विशेष सम्पादकिय / रवि लामिछाने प्रकरणमा नागरिक चेत, राजनीतिक षड्यन्त्र र लोकतन्त्रको परीक्षण आज नेपालको समकालीन राजनीति, कानून, पत्रकारिता र…

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवाैं राष्ट्रिय महाधिवेशन यहि ३० जुलाइ २०२५ का दिन साँझ कुवेतको साल्मिया स्थित…

काठमाडौँ–  डार्क बिन्स क्याफे तथा बरिस्ता तालिम केन्द्रले नारायण श्रेष्ठलाई जुलाइ २८ तारिख,२०२५ का दिनबाट ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। डार्क…

प्रतिकृयाहरू
...