Sunday 1st February 2026

बनेपामा टिप्परको ठक्करबाट १ जनाको मृत्यु भएपछि स्थिति तनाबग्रस्त


तितोपाटी – बनेपाको चारदोबाटोमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नमोबुद्घ नगरपालिका-४, खनालथोकका ४८ वर्षीय जीतबहादुर तामाङ छन् ।

घटनापछि बनेपा बजारमा तनाव उत्पन्न भएको छ ।

आक्रोशित सर्वसाधारणको जमातले ट्रिपरमाथि आगजनी समेत गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बनेपाका अनुसार काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले एउटै दिशामा रहेको बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्रिपर चालकलार्इ इलाका प्रहरी कार्यालय, बनेपाले नियन्त्रणमा लिएको जनाइएको छ ।

ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि प्रशासनले टाइम कार्ड लागू गरेको थियो । तर, अझै ट्रिपर आतंक रोकिएको छैन ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी, जनवरी ३० — जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले आफ्नो घरेलु कामदार भर्ती विभागमार्फत कुवेती श्रम कानुन अन्तर्गत…

कुवेतस्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “श्रम सचेतना” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोस्टा डेल…

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

प्रतिकृयाहरू
...