Thursday 6th November 2025

भियतनाममा बाढी र अाँधी, १० जनाको मृत्यु, कैयाैं वेपत्ता


तितोपाटी – मध्य र उत्तरभियतनाममा भारी वर्षापछि आएको बाढी र आँधीका कारण ठूलो जनधनको क्षति भएको बताइएको छ । बाढीमा परी कम्तीमा पनि दश व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् । त्यसैगरी सो आँधीका कारण अरु कैयौँ व्यक्ति हराएका छन् ।

दक्षिण पश्चिमी एसियाली यस राष्ट्रमा मौसमी बर्षा र आँधीमा परी बर्षेनी सयौँ व्यक्तिको मृत्यु हुने गरेको छ ।

भियतनाममा यस वर्षको शुरुदेखि हालसम्म आएको यो तेस्रो पटकको आँधी हो । बुधबारबाट आएको यस आँधीको नाम ‘सन टिन्ह’ रहेको बताइएको छ ।

भारी वर्षाका कारण राजधानी हनोइदेखि लिएर देशका सबै क्षेत्रमा बाढी आएको छ । साथमा आँधी पनि आएको छ । जसका कारण उद्धारको काम हुन सकिरहेको छैन ।

प्राप्त पछिल्लो समाचारअनुसार भियतनामको उत्तरी पहाडी प्रान्त येन बाई र तान्ह होआमा प्रकोपले बढी क्षति पु¥याएको छ ।

यी प्रान्तमा नै १० व्यक्तिको मृत्यु भएको छ । साथै उक्त प्रान्त र अरु क्षेत्रमा गरी अन्य ११ जना वेपत्ता भएका छन् ।

हाल जारी प्रकोपका कारण करिब चार हजार घर भत्किएका छन् भने हजारौँ हेक्टर खेती लगाएको जमीन नै बगाएको छ ।

मौसमविद्ले अझै पनि भारी वर्षा हुने अनुमान गरेका छन् । गत वर्ष पनि भियतनाममा जारी प्राकृतिक प्रकोपका कारण ३८९ व्यक्तिको मृत्यु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० पार्टी/समूहबीच एकता घोषणा भएको छ । बुधबार (कात्तिक १९) भृकुटीमण्डपमा एक कार्यक्रम…

सेबु: मंगलबार मध्य फिलिपिन्सको कालमेगी आँधीले ल्याएको वर्षाले ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन्।…

प्रतिकृयाहरू
...