Thursday 25th September 2025

धादिङमा २ छुट्टाछुट्टै सडक दुर्घटनामा २ जनाको मृत्यु


तितोपाटी – धादिङका दुई छुटछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्। कालु पाण्डे मार्गको धादिङवेशी मलेखु सडकखण्ड अन्तर्गत सिद्धलेक गाउँपालिका ६ परेवाटारमा बस र मोटरसाइकल ठक्कर खाँदा एकजनाको मृत्यु भएको हो भने दुईजना घाइते भएका हुन्।

धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बा ९२ प ८११० नम्बरको मोटरसाइकल र मलेखुबाट धादिङबेशीतर्फ आउँदै गरेको बा २ क ८९९६ नम्बरको बसमा एक आपसमा ठक्कर खाइ दुर्घटना भएको हो।

दुर्घटनामा परी घाइते भएका अन्दाजी २५ वर्षीय सुजत भण्डारीको उपचारको लागि काठमाडौं लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका ज्वालामुखी गाउँपालिका ४ का अन्दाजी २६ वर्षीय अर्जुन पोखरेल र ८ वर्षीय अभिषेक भण्डारीको भने गजुरी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौं पठाइएको छ। घाइतेमध्ये ८ वर्षीय अभिषेक भण्डारीको अवस्था गम्भीर रहेको छ।

त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका ८ मा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ। मलेखुबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६ ख ५१७५ नम्बरको ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको घटनास्थलमा नै मृत्यु भएको हो।

मृत्यु हुनेमा मकावानपुर जिल्ला थाहा नगरपालिका बस्ने अन्दाजी ९ वर्षीय रन्जित तामाङ रहेका छन्। ट्रक र चालकलाई ईलाका प्रहरी कार्यलय खानीखोला प्रहरीले नियन्त्रणमा लिएको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...