Tuesday 7th October 2025

दुर्इ कोरिया बिच छिट्टै रेल सेवा संचालन हुँदै


तितोपाटी – उत्तर र दक्षिण कोरियाबीच रेलसेवा सञ्चालनको प्रक्रिया शुरु हुने भएको छ। यस विषयमा उत्तर र दक्षिण कोरियाका अधिकारीबीच छलफल हुने भएको जनाइएको छ।

रेल सेवा सञ्चालन गरी त्यो सेवा दुवै कोरियाको बाटो भएर कुद्नेगरी प्रक्रिया अघि बढाइने अनुमान गरिएको छ। यी दुवै कोरियालाई रेल सेवाले जोड्ने र आगामी दिनमा संयुक्तरुपमा आधुनिक रेल सेवा सञ्चालन गर्ने विषयमा गत महिना पनि दुवै देशका अधिकारीबीच छलफल भएको थियो।

दक्षिण कोरियाली भू–भागमा पर्ने दुवै कोरियाको सीमा गाउँ पानुमजोममा अवस्थित ‘पिस हाउस’मा अर्काे हप्ता यस विषयको बैठक बस्ने भएको सोलबाट प्राप्त भएको समाचारमा जनाइएको छ। यस बैठकमा दुई कोरियाको पूर्वी र पश्चिमी क्षेत्रबाट रेलसेवा सञ्चालन गर्ने र कम्तीमा पनि दुवै देशको भू–भाग भएर जोड्ने विषयमा कुराकानी हुने बताइएको छ।

यो प्रयासका बारेमा यी देशबीच गत महिना पहिलो पटक यसरी वार्ता भएको हो। त्यसै बैठकको सहमति बमोजिम आगामी हप्ता दुवै देशको संयुक्त बैठक बस्न लागेको हो। यस बैठकमा उत्तर कोरियाको रेल सेवालाई आधुनिकीकरण गर्ने विषयमा पनि आवश्यक छलफल गरिने बताइएको छ।

गत महिना भएको यसै विषयको बैठकमा दुवै देशको रेलसेवा मन्त्रालयका उपमन्त्रीको नेतृत्वमा उत्तर र दक्षिण कोरियाका तीन÷तीन जना सदस्य सहभागी भएका थिए। उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच दुई पटक भेटवार्ताका साथै शान्ति सम्झौता पनि भएको छ।

त्यस्तै अमेरिका र उत्तर कोरियाबीच पनि यही गत जुन १२ मा सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता भएको छ। सो वार्तापछि उत्तर कोरियाले निशस्त्रीकरण अपनाउने प्रतिबद्धता व्यक्त गरेको छ। हाल उत्तर कोरियासँग अमेरिका, राष्ट्रसंघ र दक्षिण कोरिया केही नरम भएका छन्।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- बिगत दुई दिन देखि   निरन्तर परेको पानीको कारण बाढी पहिरो परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।नेपाल प्रहरीले…

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

प्रतिकृयाहरू
...