Saturday 11th April 2026

भारतमा ७ वर्षे वालिकालार्इ बलात्कार गर्ने १९ वर्षे केटोलार्इ मृत्युदण्ड


तितोपाटी – भारतको राजस्थानस्थित अलवरमा एक सात महिने दुधे बालिकामाथि दष्कर्म गरेको मामलामा अलवरको विशेष अदालतले आरोपी पिन्टु भराडालाई मृत्युदण्डको सजायँ तोकेको छ ।

विशिष्ट न्यायाधिस जगेन्द्र अग्रवाल आरोपीलाई घटनाको दुई महिना ११ दिनमा सजायँ सुनाएका हुन् ।

भारतको केन्द्र सरकारको तर्फबाट पोक्सो एक्टमा हालै गरिएको नयाँ संशोधनपछि १२ वर्षभन्दा कम उमेरका बालिकामाथि दुष्कर्म गर्नेलाई फाँसीको प्रावधान छ ।

दृष्टिविहिन काकीको काखबाट बच्चालाई खोसेर लगेः

गत मे १० तारिखमा १९ वर्षे पिन्टु भराडाले बालिकालाई दृष्टिविहिन काकीको काखबाट खोसेर लगेका थिए । पछि उनले गाउँको जोहड नजिकै गएर बालिकामाथि दुष्कर्म गरे र खुल्ला चौरमा फ्याँकिदिए ।

घटनाबारे थाहा पाएपछि गाउँलेले उनीमाथि कुटपिट गरेर पुलिसलाई सुम्पिएका थिए । घटना हुँदा पीडित बालिकाकी आमा पानी लिन गएकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

होर्मुज जलडमरूमध्यबारे इरानले “नयाँ चरण” मा जाने संकेत गर्नु केवल भाषण मात्र होइन, क्षेत्रीय कूटनीति र विश्व ऊर्जा बजारलाई सीधा…

इजरायली सेनाले दक्षिण लेबनानमा हिज्बुल्लाहका “सैन्य ठेगाना” र रकेट लन्च साइटहरूलाई लक्षित गर्दै ठूलो हवाई हमला गरेको जनाएको छ। इजरायलले…

प्रतिकृयाहरू
...