Thursday 18th December 2025

भारतमा ७ वर्षे वालिकालार्इ बलात्कार गर्ने १९ वर्षे केटोलार्इ मृत्युदण्ड


तितोपाटी – भारतको राजस्थानस्थित अलवरमा एक सात महिने दुधे बालिकामाथि दष्कर्म गरेको मामलामा अलवरको विशेष अदालतले आरोपी पिन्टु भराडालाई मृत्युदण्डको सजायँ तोकेको छ ।

विशिष्ट न्यायाधिस जगेन्द्र अग्रवाल आरोपीलाई घटनाको दुई महिना ११ दिनमा सजायँ सुनाएका हुन् ।

भारतको केन्द्र सरकारको तर्फबाट पोक्सो एक्टमा हालै गरिएको नयाँ संशोधनपछि १२ वर्षभन्दा कम उमेरका बालिकामाथि दुष्कर्म गर्नेलाई फाँसीको प्रावधान छ ।

दृष्टिविहिन काकीको काखबाट बच्चालाई खोसेर लगेः

गत मे १० तारिखमा १९ वर्षे पिन्टु भराडाले बालिकालाई दृष्टिविहिन काकीको काखबाट खोसेर लगेका थिए । पछि उनले गाउँको जोहड नजिकै गएर बालिकामाथि दुष्कर्म गरे र खुल्ला चौरमा फ्याँकिदिए ।

घटनाबारे थाहा पाएपछि गाउँलेले उनीमाथि कुटपिट गरेर पुलिसलाई सुम्पिएका थिए । घटना हुँदा पीडित बालिकाकी आमा पानी लिन गएकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

सिरियाली सरकारले मंगलबार आफ्नो सेनाले ISIS सँग सम्बन्धित सेलको नेतालाई मारेको र गत हप्ता सुरक्षाकर्मीमाथि भएको घातक आक्रमणमा संलग्न रहेको…

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । महाधिवेशनको निर्वाचन…

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

प्रतिकृयाहरू
...