Tuesday 31st March 2026

सल्यानका ७ सय घरधुरी पहिरोको जोखिममा


तितोपाटी – सल्यानमा सात सय घरपरिवार पहिरोको जोखिममा परेका छन् । वर्षा सुरु भएसँगै पहिरो जान थालेपछि पहिरोको जोखिम बढेको भूसंरक्षण कार्यालय सल्यानले जनाएको छ ।

जोखिममा रहेका बस्तीहरुमा कपुरकोट गाउँपालिकाको कपुरकोट बजार, बागचौर नगरपालिकाको बाँफुखोला र कोटबारा, बनगाड कुपिण्डे नगरपालिकाको ब्युरेनी, निगालचुला र भदाले लगायतका बस्ती रहेका छन् ।

जंगल मासेर सडक निर्माण गरेकाले पहिरोको जोखिम बढेको कार्यालयका प्रमुख वीरेन्द्रप्रसाद पटेलले बताए ।

खर्सुबास गाउँ उच्च जोखिममा

पहिराेकाे जाेखिममा भएका बस्तीमध्ये छत्रेश्वरी गाउँपालिकाको खर्सुबास गाउँ उच्च जोखिममा रहेकाे छ । त्यस क्षेत्रमा गत तीन वर्षदेखि पहिरोले ठुलो क्षति पुर्‍याउँदै आएको छ । वर्षा हुन थालेपछि पहिरोको डरले रातभर जाग्रम बस्ने गरेको स्थानीय बताउँछन् । खर्सुवास गाउँमा विस २०६९ सालमा बीच भागबाट ठुलो पहिरो गएको थियो । गत वर्ष खोला नजिकैका पाँच घट्ट र दुई घर बगाएको थियो ।

त्यस्तै गत वर्ष कपुरकोट बजार क्षेत्रमा राप्ती लोकमार्गमा झन्डै सय मिटर भासिएको थियो । नजिकै रहेको कालिका माविका तीन वटा भवन भासिदा एक करोड बराबरको क्षति भएको थियो । बजार आसपासका चार हेक्टर खेती योग्य जमिनसमेत बगाएको स्थानीय खिमलाल गिरीले बताए ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...