Saturday 2nd August 2025

सल्यानका ७ सय घरधुरी पहिरोको जोखिममा


तितोपाटी – सल्यानमा सात सय घरपरिवार पहिरोको जोखिममा परेका छन् । वर्षा सुरु भएसँगै पहिरो जान थालेपछि पहिरोको जोखिम बढेको भूसंरक्षण कार्यालय सल्यानले जनाएको छ ।

जोखिममा रहेका बस्तीहरुमा कपुरकोट गाउँपालिकाको कपुरकोट बजार, बागचौर नगरपालिकाको बाँफुखोला र कोटबारा, बनगाड कुपिण्डे नगरपालिकाको ब्युरेनी, निगालचुला र भदाले लगायतका बस्ती रहेका छन् ।

जंगल मासेर सडक निर्माण गरेकाले पहिरोको जोखिम बढेको कार्यालयका प्रमुख वीरेन्द्रप्रसाद पटेलले बताए ।

खर्सुबास गाउँ उच्च जोखिममा

पहिराेकाे जाेखिममा भएका बस्तीमध्ये छत्रेश्वरी गाउँपालिकाको खर्सुबास गाउँ उच्च जोखिममा रहेकाे छ । त्यस क्षेत्रमा गत तीन वर्षदेखि पहिरोले ठुलो क्षति पुर्‍याउँदै आएको छ । वर्षा हुन थालेपछि पहिरोको डरले रातभर जाग्रम बस्ने गरेको स्थानीय बताउँछन् । खर्सुवास गाउँमा विस २०६९ सालमा बीच भागबाट ठुलो पहिरो गएको थियो । गत वर्ष खोला नजिकैका पाँच घट्ट र दुई घर बगाएको थियो ।

त्यस्तै गत वर्ष कपुरकोट बजार क्षेत्रमा राप्ती लोकमार्गमा झन्डै सय मिटर भासिएको थियो । नजिकै रहेको कालिका माविका तीन वटा भवन भासिदा एक करोड बराबरको क्षति भएको थियो । बजार आसपासका चार हेक्टर खेती योग्य जमिनसमेत बगाएको स्थानीय खिमलाल गिरीले बताए ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी -पाल्पामा क्रियाशील ७ राजनीतिक दलले सरकारलाई पत्र मार्फत ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत बढ्दो महंगी, भ्रस्टाचार…

कुवेत शहर, जुलाई ३१ एक ठूलो कारबाहीमा, कुवेतको आपराधिक सुरक्षा क्षेत्रले, जसको प्रतिनिधित्व सामान्य लागूऔषध नियन्त्रण विभाग ( GDDC )…

विशेष सम्पादकिय / रवि लामिछाने प्रकरणमा नागरिक चेत, राजनीतिक षड्यन्त्र र लोकतन्त्रको परीक्षण आज नेपालको समकालीन राजनीति, कानून, पत्रकारिता र…

प्रतिकृयाहरू
...