Friday 1st August 2025

पाल्पामा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु


तितोपाटी – सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाँउपालिका–३ दोभानबजार नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

तानसेनबाट बुटवलतर्फ जाँदै गरेको ना ३ ख ट्रक १००८ ट्रकले अगाडि गुडिरहेको लु२१प ९६८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए।

दुर्घटनामा माथागढी–२ आँपटारीका ४० वर्षीय माधव कुमाल र सोही स्थानका १९ वर्षीय उमेश कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ।उनका अनुसार मोटरसाइकलमा सवारी दुबै जनाको शव तिनाउ खोलाको छेउमा रहेको छ।

ठूलो भीरको दुई सय मिटर तल खोलाको छेउमा पुगेकाले निकाल्न केही कठिनाई भएको छ। डोरीको सहायताबाट शव निकाल्ने तयारी गरिएको छ। ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको घिमिरेले बताए। दुर्घटनाग्रस्त मोटरसाइकल सडक छेउमा अड्किएको छ।


सम्बन्धित शीर्षकहरु

विशेष सम्पादकिय / रवि लामिछाने प्रकरणमा नागरिक चेत, राजनीतिक षड्यन्त्र र लोकतन्त्रको परीक्षण आज नेपालको समकालीन राजनीति, कानून, पत्रकारिता र…

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवाैं राष्ट्रिय महाधिवेशन यहि ३० जुलाइ २०२५ का दिन साँझ कुवेतको साल्मिया स्थित…

काठमाडौँ–  डार्क बिन्स क्याफे तथा बरिस्ता तालिम केन्द्रले नारायण श्रेष्ठलाई जुलाइ २८ तारिख,२०२५ का दिनबाट ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। डार्क…

प्रतिकृयाहरू
...