Tuesday 5th August 2025

इजरायलले गाजा क्षेत्रमा फेरि भिषण अाक्रमण गर्यो


तितोपाटी – सीमा क्षेत्रमा आफ्ना सैनिकमाथि आक्रमण गरिएपछि इजरायलले गाजा पट्टीमा सैन्य अखडाहरूलाई निशाना बनाएको छ। सीमा क्षेत्रमा घाइते भएका आफ्ना एक सैनिकको मृत्यु भएको उसले जनाएको छ। हिंसात्मक घटनामा धेरै समयपछि इजरायली सेनाको ज्यान गएको हो।

गाजाका अधिकारीहरूका अनुसार इजरायली हवाई हमलामा चारजना प्यालेस्टिनीहरू मारिएका छन् र उनीहरूमध्ये तीनजना हमास लडाकु समूहका सदस्य थिए। सीमा क्षेत्रमा प्रदर्शनका क्रममा चौथो प्यालेस्टिनी नागरिक मारिएको अधिकारीहरूले बताएका छन्।

गाजामाथि नियन्त्रण राखिआएको हमास समूहले इजरायलसँग एउटा युद्धविराममा सहमति भएको जनाएको छ।

हमासका प्रवक्ता फाव्जी बरहौमले समाचार संस्था रोयटर्सलाई भने, “इजिप्ट र संयुक्त राष्ट्रसंघको पहलमा इजरेली र प्यालेस्टिनी समूहहरूबीच शान्तिताकाको समयमा फर्कने सहमति भएको छ।”

युद्धविराम सहमतिबारे इजरायलले अहिलेसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन।

उत्तरी गाजा पट्टीस्थित हमासका १५ वटा सैन्य अखडा र खान युनिसस्थित थप २५ वटालाई निशाना बनाइएको इजरायली सेनाले जनाएको छ।

क्षेप्यास्त्र
इजरायल र गाजाको सीमामा शुक्रवार पारेर प्यालेस्टिनीहरूले अर्को प्रदर्शन थालेपछि इजरायलले पछिल्लो हमला गरेको हो।

प्यालेस्टिनी लडाकुहरूबाट इजरायली भूभागमा तीनवटा क्षेप्यास्त्र प्रहार गरिएको त्यहाँको सेनाले जनाएको छ।

इजरायलले गत हप्ता सन् २०१४ मा भएको युद्धयता पहिलो पटक हमासविरुद्ध ठूलो आक्रमण गरेको थियो। गाजा पट्टीबाट २०० भन्दा बढी रकेट तथा मोर्टार प्रहार गरेपछि इजरायली सेनाले भीषण हमला थालेको थियो।


सम्बन्धित शीर्षकहरु

मनिला: भारतीय नौसेना युद्धपोतहरूले पहिलो पटक आफ्ना फिलिपिनी समकक्षीहरूसँग विवादित दक्षिण चीन सागरका क्षेत्रहरूमा गस्ती सुरु गरेको मनिलाको सेनाले सोमबार…

चीनले ६ महिनासम्म अवतरण नगरी उड्न सक्ने सौर्य ऊर्जाबाट चल्ने ड्रोनको परीक्षण गर्‍यो सिनजियाङको मरुभूमिमा, चीनले उच्च-उचाइको सौर्य ड्रोनको वास्तविक-विश्व…

नेपाली जनताले बहुदलको शासन व्यवस्था अंगालेको ३६ वर्ष भइसक्यो । यो अवधिमा देशको बागडोर तीन प्रमुख दल — नेपाली कांग्रेस,…

प्रतिकृयाहरू
...