Friday 10th April 2026

कुवेत बाट असहाय बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण


तितोपाटी- तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ विजौरी स्थित असहाय बालविकास नेपालमा रहेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।


राप्ती भेरी कर्णाली एकता समाज कुवेतले विहिवार २५ हजार बराबरको खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण गरेको बलदेव मल्ल जानकारी दिए ।

खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम हेल्पिङ ह्याण्ड्स दाङकी अध्यक्ष प्रतिक्षा पौडेलको अध्यक्षता र राप्ती भेरी कर्णाली एकता समाज कुवेतका महासचिव माधव शाहीको प्रमुख आथित्यता तथा संचारकर्मी राज मल्ल , ठकुरी समाज महसङ्ह नेपाल केन्द्रिय सदस्य बलदेव मल्लको उपस्थितीमा उक्त सामाग्री वितरण गरिएको हो । विजौरी स्थित बालविकास नेपाल दाङ विजौरीमा रहेका १५ जना बालबालिकालाई शिक्षामा सहयोग पुगोस भन्ने उदेश्यले शैक्षिक सामाग्रीका साथै खाद्यान्न वितरण गरिएको हेल्पिङ ह्याण्ड्सका सल्लाहाकार शालिकराम गौतमले जानकारी दिए ।

साभार- तुलसीपुर अनलाइन


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

प्रतिकृयाहरू
...