तितोपाटी – गोरखाको सहिद लखन गाउँपालिका, ६ घैरु अँधेरीमा पहिरोले घर भत्किदा बुधबार तीन जनाको मृत्यु भएको छ ।
स्थानीय नवराज कुँवरको घर भत्किदा उनका भतिजी १० वर्षीय छोरी प्रविना कुँवर, साउने संक्रान्ति मनाउन मामाघर आएकी २० वर्षीय भान्जी सरु कुँवर र उनको आठ महिनाको छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक विमल बस्नेतले जानकारी दिएका छन् ।
राति परेको वर्षाले घरपछाडिको ढिस्को भत्किएर घर पुरिदा उनीहरुको ज्यान गएको हो । घरमा मंगलबार पाँच जना सुतेको थिए । बाँकी दुई जनालाई केही नभएको प्रहरीले बताएको छ । पहिरोमा पुरिएकालाई नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा उद्धार गरिएको थियो ।