Saturday 11th April 2026

अमेरिकी राष्रट्रपति ट्रम्पले रूसका राष्ट्रपति पुटिनसँग भेटवार्ता गर्दै


तितोपाटी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उनका रुसी समकक्षाी  भ्लादिमिर पुटिनसंग शिखरवार्ता गर्दैछन् भने सोही प्रयोजनको लागि उनी फिनल्यान्डकाे हेल्सिन्की अाइपुगेका छन् ।

सन् २०१६ मा अमेरिकी राष्ट्रपति पद सम्हालेपछि पहिलो पटक रुसी समकक्षीसँग हुन लागेको शिखर बैठकमा आफ्नो अपेक्षा अत्यन्तै कम रहेको ट्रम्पले बताएका छन् ।सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनका बेला डेमोक्र्याट्स उम्मेदवारको विवरण ह्याक गरेको अभियोगमा १२ जना रुसी गुप्तर अधिकारीविरुद्ध मुद्दा चलाइएको केही दिनपछि अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच पहिलो पटक शिखर बैठक हुन लागेकाे हाे ।

 सन् १९९१ मा सोभियत संघको पतनपछि अमेरिका र रुसबीच बढ्दो तनावका बीच हुन लागेको ट्रम्प–पुटिन शिखर बैठकमा अमेरिका र रुसबीच महत्वपूर्ण सम्झौता भयो भने त्यसले अमेरिकासँगको गठबन्धन वेवास्तामा पर्ने डर युरोपेली गठबन्धनभित्र रहेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

राष्ट्रपति ट्रम्पले साेमबार बेलुकासम्म उनका रूसी समकक्षी पुटिनसँग भेटवार्ता गरिसक्ने एजेन्सीहरूले उल्लेख गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिण लेबनानमा हिज्बुल्लाहका “सैन्य ठेगाना” र रकेट लन्च साइटहरूलाई लक्षित गर्दै ठूलो हवाई हमला गरेको जनाएको छ। इजरायलले…

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

प्रतिकृयाहरू
...