Wednesday 17th December 2025

भारतमा झारखण्डमा फेरी सामुहिक अात्महत्या


तितोपाटी – भारतको चर्चित बुराडी कान्डपछि झारखण्डको हजारीबाग जिल्लामा पनि यस्तै प्रकृतिको घटना सार्वजनिक भएको छ । झारखण्डको अजारी बाग जिल्लामा शनिबार राती मारवाडी परिवारका ६ सदस्यले कथित रुपमा आत्महत्या गरेका छन् । न्यूज एजेन्सी एएनआईका अनुसार एकै परिवार पाँच जना झुण्डिए भने एकले छतबाट हाम फालेर आत्महत्या गरे ।

एक रिपोर्ट अनुसार घटनास्थलमा पुलिस पुग्दा त्यहाँ ६ जनाको मृत्यु भएको पाइयो जसमध्ये दुई पुरुष, दुई महिला र दुई बच्चाहरु थिए । पुलिसलाई छिमेकीले घटनाबारे जानकारी दिएका हुन् ।

पुलिसका अनुसार घटनास्थलबाट उनीहरुले एउटा नोट पनि बरामद गरेका छन् जसमा ड्राइ फ्रुटको पसल चलाउने उक्त परिवार ऋण र व्यापार घाटाका कारण अत्यधिक दबाबमा परेको लेखिएको छ । पुलिसले यसबारे अनुसन्धान गरिरहेकाले अहिले नै यसबारे निष्कर्ष निकाल्न नमिल्ने बताएको छ ।

आत्महत्या गर्नेमा ७० वर्षे महावीर महेश्वरी र ६५ वर्षीया उनकी श्रीमती किरण महेश्वरीलगायत उनीहरुका ४० वर्षे नरेश अग्रवाल, ३८ वर्षे उनकी श्रीमती र उनीहरुका दुई सन्तान ८ वर्षे अमन र ६ वर्षे अंजली रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

प्रतिकृयाहरू
...