Tuesday 27th January 2026

महिलालार्इ सामुहिक बलात्कार गरी जिउँदै जलाइयो


तितोपाटी – भारतको उत्तर प्रदेशमा एक महिलालाई सामुहिक बलात्कार गरेर जिउँदै जलाइएको छ । महिलाले आफूलाई जलाउनुअघि प्रहरीलाई फोन गरेको तर, कुनै जवाफ नआएको उनका श्रीमानले बताएका छन् ।

घटना सम्भल जिल्लाको हो, जहाँ दुई सन्तानकी आमा ३५ वर्षकी महिलालाई ५ जनाले सामुहिक बलात्कार गरेका छन् । बलात्कारपछि महिलालाई घर नजिकैको यज्ञशालामा लगेर जिउँदै जलाएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन् ।

मृतकका श्रीमानले प्रहरीमा दिएको जाहेरीअनुसार शनिबार राति करिव साढे २ बजेतिर बलात्कारीको समूह उनको घरमा पुगेको थियो । श्रीमान गाँजियावादमा काम गर्थे भने महिला आफ्ना दुई सन्तानका साथमा घरमा थिइन् ।

घटना भएको बेला भारी वर्षा भएको र महिलाले गुहार मागेपछि कसैले नसुनेको उजुरीमा उल्लेख छ । बलात्कारपछि त्यो समूह बाहिर गएपछि श्रीमतीले प्रहरीलाई १०० नम्बरमा फोन गरेपनि कुनै जवाफ नआएको उनले बताएका छन् ।

त्यसको केहीबेरमा फेरि त्यही समूह आएर महिलालाई घर बाहिर निकालेर यज्ञशालामा लगेर जलाएको उजुरीमा उल्लेख छ । प्रहरीले भने अनुसन्धान भइरहेको बताएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...