Sunday 15th February 2026

पाकिस्तानका पुर्वप्रधानमन्त्री शरिफ र उनकी छोरी पक्राउ


तितोपाटी – स्वदेश फर्केका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम नवाजलाई विमानस्थलबाटै पक्राउ गरिएको छ।

अबुधाबीबाट शुक्रवार राति लहोर विमानस्थलमा ओर्लिएका शरिफ र उनकी छोरीलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय न्याशनल एकाउन्टिबिलिटी (एनएबी) का अधिकारीहरूले हिरासतमा लिएका हुन्।

शरिफले कार चढेर जान अस्वीकार गरेका गरेपछि उनलाई र उनकी छोरीलाई विमानमार्फत रावलपिण्डीस्थित अडियाला जेल पुर्‍याइएको थियो।

सरकारी वकिलहरूले शरिफ र मरियमलाई अदालतमा उपस्थित नगराइकन जेल पठाउन पाउने आदेश लिएका थिए।

शरिफलाई अहिले अडियाला जेलमै राखिने छ भने स्वास्थ्य परीक्षण र अरू औपचारिकतापछि मरियमलाई इस्लामाबादस्थित प्रहरी प्रतिष्ठान लगिने छ। मरियमका लागि त्यहीँ बस्ने व्यवस्था गरिने अधिकारीहरूले बताएका छन्।

लहोरमा शरीफका समर्थक र सुरक्षाकर्मीबीच झडप भएका विवरण प्राप्त भएका छन्।

अबुधाबीबाट पाकिस्तानका लागि प्रस्थान गर्नुअघि शरिफले राजनीतिक पूर्वग्रह राखी सत्तापक्षले आफूलाई फसाएको आरोप लगाएका थिए ।

सरकारले व्यापक धरपकड गरिरहेको आरोप लगाउँदै उनले आसन्न आमनिर्वाचन विश्वसनीय हुन नसक्ने दावी समेत गरे।

भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा जुलाइ ६ मा पूर्वप्रधानमन्त्री शरिफलाई १० वर्ष र उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय सुनाइएको थियो।
अदालतले सजाय सुनाउने बेला शरिफ आफ्नी श्रीमतीको उपचारको सिलसिलामा लण्डनमा थिए। शुक्रवार राति उनी स्वदेश फर्केका हुन्।
शरिफको पार्टी पाकिस्तान मुस्लिम लिग-नवाजले उनको स्वागतका लागि ठूलो संख्यामा विमानस्थल पुग्न अपील गरेको थियो। विमानस्थल पुगेका कैयौँलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पाकिस्तानमा जुलाइ २५ मा आमनिर्वाचन हुँदैछ।


सम्बन्धित शीर्षकहरु

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा–आराधना तथा दर्शन गरी श्रद्धापूर्वक मनाइँदैछ। विशेष गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा बिहानैदेखि भक्तजनको उल्लेख्य…

कुवेतवासी तामाङ समुदायले सोनाम ल्होछार २८६२ लाई महान सांस्कृतिक उत्सवका रूपमा भव्य कार्यक्रम आयोजना गरी मनाएका छन्। नेपाल तामाङ घेदुङ…

प्रतिकृयाहरू
...