Wednesday 17th December 2025

पाकिस्तानको पेशावरमा अात्मघाती बम बिष्फोट, १३ जनाको ज्यान गयो


तितोपाटी – पाकिस्तानको पेशावरमा गराइएको आत्मघाती बम विस्फोटमा १३ जनाकाे मृत्यु भएकाे छ। विस्फाेटमा अवामी नेसनल लिग एनएपीका नेता हारुन बिलौरकाे समेत मृत्य भएकाे छ।

याकातूत क्षेत्रमा एउटा चुनावी बैठकलाई लक्षित गरी गराइएको विस्फोटमा ३० जनाभन्दा बढी घाइते भएका छन् । एएनपी नेता आफ्ना कार्यकर्तासँग छलफल गर्दै गर्दा विस्फोट गराइएको हो।

विस्फोटबाट गम्भीर घाइते भएका बिलौरको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्। पाकिस्तानमा यही जुलाई २५ मा आमचुनाव हुँदैछ। चुनाव नजिकिँदै जाँदा हिंसात्मक घटना बढ्दै गएका छन् ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

प्रतिकृयाहरू
...