Saturday 11th April 2026

पाकिस्तानको पेशावरमा अात्मघाती बम बिष्फोट, १३ जनाको ज्यान गयो


तितोपाटी – पाकिस्तानको पेशावरमा गराइएको आत्मघाती बम विस्फोटमा १३ जनाकाे मृत्यु भएकाे छ। विस्फाेटमा अवामी नेसनल लिग एनएपीका नेता हारुन बिलौरकाे समेत मृत्य भएकाे छ।

याकातूत क्षेत्रमा एउटा चुनावी बैठकलाई लक्षित गरी गराइएको विस्फोटमा ३० जनाभन्दा बढी घाइते भएका छन् । एएनपी नेता आफ्ना कार्यकर्तासँग छलफल गर्दै गर्दा विस्फोट गराइएको हो।

विस्फोटबाट गम्भीर घाइते भएका बिलौरको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्। पाकिस्तानमा यही जुलाई २५ मा आमचुनाव हुँदैछ। चुनाव नजिकिँदै जाँदा हिंसात्मक घटना बढ्दै गएका छन् ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिण लेबनानमा हिज्बुल्लाहका “सैन्य ठेगाना” र रकेट लन्च साइटहरूलाई लक्षित गर्दै ठूलो हवाई हमला गरेको जनाएको छ। इजरायलले…

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

प्रतिकृयाहरू
...