Tuesday 17th March 2026

पाकिस्तानमा यहि जुलाइ २५ मा हुने अाम निर्वाचनलार्इ लक्षित गरि हिंसात्मक अाक्रमण


तितोपाटी – यही जुलाई २५ मा हुन लागेको आमनिर्वाचनको लागि पाकिस्तानमा प्रचार प्रसार अभियान शुरु भएको छ । यस अभियानसँगै देशमा हिंसा भड्किने त्रासबीच बुधबार यस्तै हिंसात्मक आक्रमण भएको र त्यसमा परी कैयौँ नागरिकको ज्यान गएको समाचार प्राप्त भएको छ ।

पाकिस्तानको निर्वाचन आयोगले प्रचारप्रसार शुरु भएको जनाएको छ र सेनालाई स्वच्छ तथा निष्पक्ष निर्वाचन गराउने काममा सहयोगीको रूपमा विश्वास गरेको छ । उक्त आक्रमणमा अवामी नेशनल पार्टीका एकजना स्थानीय नेता अवामीहरु पनि मारिएका छन् । उनी पनि सो निर्वाचन र्यालीमा सहभागी भएका थिए ।

उक्त राजनीतिक दल पनि निर्वाचनमा सहभागी भएको छ । यस दललाई विगत लामो समयदेखि पाकिस्तानका स्थानीय तालिवानले विरोधको तारो बनाएका छन् ।

मङ्गलबार भएको उक्त हमलाको पनि तालिबानले नै जिम्मेवारी लिएका छन् । हमलामा ६३ जना घाइते भएका छन् । आक्रमणमा घाइते भएका ३५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

आागमी निर्वाचनका लागि सुरक्षा खतरा रहेको चर्चा पाकिस्तानमा शुरु भएको छ । अर्कातर्फ पाकिस्तानी सेनाका प्रवक्ताले आगामी निर्वाचनमा सुरक्षा खतरा रहेको भनी प्रतिक्रिया दिएको केही घन्टापछि यता यो हमला भएको छ ।

निर्वाचनको अभियानको पहिलो दिननै शक्तिशाली हमला भएको अधिकारीले बताएका छन् । उनीहरुले निर्वाचन अभियानलाई सुरक्षित बनाउने उपायका बारेमा सरकारसँग आग्रह गरिरहेका छन् ।

सेनाको भूमिका नहुने

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार आगामी जुलाई २५ मा हुने निर्वाचनमा पाकिस्तानको राष्ट्रिय सेनाले सरकारले दिएको आदेश बमोजिम काम गर्ने तर आफ्नो कुनै स्वार्थ र ‘प्रत्यक्ष भूमिका नरहने’ बताएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ताले मङ्गलबार बताएअनुसार सेनाले सुरक्षा र निर्वाचन सम्पन्न गर्न मात्र आफूहरु खट्ने जानकारी दिएका हुन् ।

पाकिस्तानको सेनाले आगामी निर्वाचनको विषयलाई लिएर यहाँका सञ्चारमाध्यम र सत्ताधारी दलमाथि दवाव सिर्जना गर्न खोजेको भनी आरोप लागेकोमा त्यसप्रति लक्षित गरी सेनाका प्रवक्ताको यो भनाइ आएको हो ।

पाकिस्तानमा शक्तिशाली मानिने सेनाले आरोपको खण्डन गर्दै करिब तीन लाख ७० हजार सेना निर्वाचनमा खट्ने र आफ्नो कुनै स्वार्थ नरहने पाकिस्तानी सेनाका मेजर जनरल असिफ घाफुरले बताए ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

प्रतिकृयाहरू
...