Thursday 6th November 2025

थाइल्याण्डमा गुफाभित्र फसेका सबै १३ जनाको सकुशल उद्दार


तितोपाटी – उत्तरी थाईल्यान्डस्थित बाढीग्रस्त गुफामा दुई हप्तादेखि फसेको समूहका बाँकी पाँच सदस्यलाई पन‌ि उद्धार अभियानको तेस्रो दिन सकुशल बाहिर ल्याइएको छ।

थाई जलसेनाले गुफामा गत जुन २३ देखि फसेका सबै जनाको उद्धार गरिएको पुष्टि गरेको छ।

आइतवार र सोमवार प्रत्येक दिन चार-चार जना गरेर गुफाको प्रवेशद्वारबाट चार किलोमिटिर भित्र फसेको टोलीका आठ बालकको सकुशल उद्धार गरिएको थियो।

उद्धार गरिएका व्यक्तिहरूलाई बोकेका एम्बुलेन्सहरू चियाङ राईस्थित अस्पताल पुग्दा त्यहाँ भेला भएका मानिसहरूले हर्षोल्लास गरेका थिए।

एघारदेखि १६ वर्ष उमेरका १२ बालक र तिनका प्रशिक्षक गुफामा बाढी छिरेपछि नौ दिन सम्पर्कविहीन भएका थिए।

नौ दिनको खोजीपछि गत हप्ता उनीहरूलाई गोताखोहरूले जलमग्न अँध्यारो गुफाको एउटा ढिस्कोमा जीवितै फेला पारेका थिए।

कसरी गरियो अन्तिम चरणको उद्धार?

मनसुन सुरु भइसकेको र थप वर्षा हुँदा गुफा अझ जलमग्न हुने र सो समूह जोखिममा पर्ने विचार गरेर बालकहरूलाई गत आइतवारदेखि बाहिर निकाल्न थालिएको थियो।


सम्बन्धित शीर्षकहरु

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० पार्टी/समूहबीच एकता घोषणा भएको छ । बुधबार (कात्तिक १९) भृकुटीमण्डपमा एक कार्यक्रम…

सेबु: मंगलबार मध्य फिलिपिन्सको कालमेगी आँधीले ल्याएको वर्षाले ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन्।…

प्रतिकृयाहरू
...