Tuesday 17th March 2026

थाइल्याण्डमा गुफामा फसेका १३ मध्ये ४ को उद्दार


तितोपाटी – थाइल्याण्डमा आएको बाढीपछि विगत १५ दिनभन्दा बढी गुफामा फसेका १२ जना बालकहरू तथा उनीहरूका खेल प्रशिक्षकमध्ये ४ जनाको सकुशल उद्धार गरिएको अधिकारीले बताएका छन्। बालकहरूलार्इ अक्सिजन ट्याङ्क र अनुहार छोप्ने मास्कजस्ता उपकरण प्रयोग गरेर उद्दार गरिएको हो ।

शुरूमा दुई बालक चार किलोमिटर लामो गुफालाई छिचोल्दै उद्धारकर्ताको सहयोगमा बाहिर आएका थिए। त्यसपछि अन्य चार जनालाई गुफाबाट बाहिर  ल्याउन उद्दारकर्ताहरू सफल भएका थिए। उनीहरू सवैलाई उपचारका लागि अस्पताल पठाइएको छ।

४ वालकको उद्धार गरिएको छ, उनीहरूको नाम तत्काल सार्वजनिक गर्दा बाँकी अभिभावकमा चिन्ता बढ्न सक्ने भन्दै सबैजनाको उद्धार भएपछि नाम सार्वजनिक गरिनेछ, रक्षा मन्त्रालयका एक अधिकारीले एएफपीलाई बताए। बाँकी बालक तथा प्रशिक्षकलाई पनि क्रमश उद्धार गरिने मन्त्रालयले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

प्रतिकृयाहरू
...