Tuesday 16th December 2025

थाइल्याण्डमा गुफामा फसेका १३ मध्ये ४ को उद्दार


तितोपाटी – थाइल्याण्डमा आएको बाढीपछि विगत १५ दिनभन्दा बढी गुफामा फसेका १२ जना बालकहरू तथा उनीहरूका खेल प्रशिक्षकमध्ये ४ जनाको सकुशल उद्धार गरिएको अधिकारीले बताएका छन्। बालकहरूलार्इ अक्सिजन ट्याङ्क र अनुहार छोप्ने मास्कजस्ता उपकरण प्रयोग गरेर उद्दार गरिएको हो ।

शुरूमा दुई बालक चार किलोमिटर लामो गुफालाई छिचोल्दै उद्धारकर्ताको सहयोगमा बाहिर आएका थिए। त्यसपछि अन्य चार जनालाई गुफाबाट बाहिर  ल्याउन उद्दारकर्ताहरू सफल भएका थिए। उनीहरू सवैलाई उपचारका लागि अस्पताल पठाइएको छ।

४ वालकको उद्धार गरिएको छ, उनीहरूको नाम तत्काल सार्वजनिक गर्दा बाँकी अभिभावकमा चिन्ता बढ्न सक्ने भन्दै सबैजनाको उद्धार भएपछि नाम सार्वजनिक गरिनेछ, रक्षा मन्त्रालयका एक अधिकारीले एएफपीलाई बताए। बाँकी बालक तथा प्रशिक्षकलाई पनि क्रमश उद्धार गरिने मन्त्रालयले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले…

प्रतिकृयाहरू
...