तितोपाटी – थाइल्यान्डको एक गुफामा ९ दिन अघिदेखि हराइरहेका १३ जना भेटिएका छन् । तर उनीहरूकाे उद्धार गर्न अझै केही समय लाग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गुफामा फसेकामा १२ बालक र १ जना तिनका प्रशिक्षक रहेका छन् । उनीहरु गुफा घुम्न गएका बेला फसेका थिए ।
चियांग राईको थाम लुएङ गुफामा फसेका उनीहरुलाई उद्धारकर्ताले भेटेका हुन् । गुफाभित्र पानीकाे भेल पसेकाले उनीहरुलाई बाहिर निकाल्न भने अझै केही समय लाग्ने बताइएको छ भने उनीहरुलाई बाहिर निकाल्ने उपाय खोजी भइरहेको जनाएको छ ।
गुफामा फस्नेमा ११–१६ वर्ष उमेर समूहका १२ बालका र २५ वर्षीय तिनका फुटबल प्रशिक्षक रहेका छन् ।
गुफामा फसेका १२ बच्चासहित एक कोचले कि त डाइभ हान्न सिक्नुपर्ने कि महिनौंसम्म बाढी कम नहुञ्जेलसम्म गुफाभित्रै बस्नुपर्ने स्थिती निम्तिएको त्यहाँको सेनाले बताएको छ ।
बचाउ दलका सदस्यलाई बाढीले समस्या पारिरहेकाले तत्कालका लागि खानेकुरा र औषधी उपचारको व्यवस्था मिलाइएको बीबीसीले बताएको छ ।
उनीहरुलाई चार महिनासम्म पुग्ने गरी खाना आपूर्ती गरिने सेनाले बताएको छ ।
आफ्ना फुटबल कोचसहित १२ बच्चाहरु ९ दिन अघि चियंग रायस्थिती ट्याम लूंग गुफामा हराएका थिए ।