Tuesday 10th March 2026

मेक्सिकोलार्इ २-० ले हराउँदै ब्राजिल क्वारटरफाइनलमा प्रवेश


तितोपाटी – मेक्सिकोलाई २–० ले पराजित गर्दै ब्राजिल रसियामा जारी विश्वपक फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्राजिलका लागि नेमार र रोबर्टो फर्मिन्होले गोल गरेका थिए । यो सँगै ब्राजिल विश्वकपमा लगातार सातौँ पटक क्वार्टर फाइलनमा पुगेको छ ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्राजिलका लागि नेमार र रोबर्टो फर्मिन्होले गोल गरेका थिए । विश्वकप फुटबल प्रतियोगिता अन्तरगत प्रिक्वार्टर फाइनल खेल अन्तरगत पहिलो हाफमा गोलरहित बराबरी खेलेको अवस्थामा दोस्रो हाफको सुरुमा नेमारले गोल गर्दै मेक्सिकोविरद्ध अग्रता दिलाएका थिए ।

खेलको ५१ औँ मिनेटमा डी बक्स भित्रबाट विलियनले दिएको क्रस पासलाई नेमारले टच गरेर जालीको दिशा दिएपछि ब्राजिलले अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरी खेलेका दुवै टिम दोस्रो हाफमा आक्रमक भएको अवस्थामा ब्राजिलले अग्रता लिएको थियो ।

त्यसपछि मैदानमा प्रवेश गरेको केही मिनेटमै ब्राजिलका लागि रोबर्टो फर्मिन्हो स्कोर गर्न सफल भएका थिए । फर्मिन्होले नेमारको पासमा खेलको ८८ औँ मिनेटमा गोल गर्दै ब्राजिललाई २–० को अग्रता दिलाएका थिए ।

ब्राजिललाई यो पटकको विश्वकपको दाबेदारका रुपमा हेरिएको छ । ब्राजिललाई मेक्सिकोले सुरुमा दबाबमा राखेको थियो । उसले केही राम्रा मुभ निकालेर ब्राजिलविरुद्ध आफू कम्जोर नभएको संकेत दिएको थियो ।

अर्कातिर ब्राजिलले पनि मेक्सिकोको डी बक्समा केही राम्रा मुभ निकाले पनि स्कोर गर्न सकेको थिएन । एकै महादेशका यी बलिया टोलीबीचको भिडन्तमा पहिलो हाफमा बल पोजेसन भने मेक्सिकोले आफ्नो पक्षमा राखेको थियो ।

मेक्सिकोका लोझानोले ब्राजिलविरुद्ध केही राम्रा प्रयास गरेका थिए । तर, ब्राजिलले पनि मेक्सिकोको डी बस्कमा केही राम्रा दबाब दिन सकेको थियो । मेक्सिकोले ५१ प्रतिशत बल पोजेसन बनायो भने ब्राजिल केही दबाबमा पर्दै ४९ प्रतिशत पोजेसन बनाउन सकेको थियो ।

खेलको पुरै समयमा मेक्सिकोले बल पोजेसन राम्रो राखेको थियो । उसले ५४ प्रतिशत बल पोजेसन राख्दा ब्राजिलले ४६ प्रतिशत मात्रै राखेको थियो ।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...