Monday 12th January 2026

बाढीले कैलालीमा एककाे मृत्यु, सय घर डुबानमा


आइतबार देखिको नियमित वर्षाले कैलालीको भजनी नगरपालिका लगायतका दक्षिणी पूर्वी क्षेत्र डुबानमा परेका छन् । एक सय बढी घरपरिवार बिस्थापित भइसकेका छन् । बर्षाले घर भत्किएर एक जनाकाे मृत्यु भएकाे छ ।
आइतबार राति गोदावरी नगरपालिका–९ की ६५ वर्षीया झुना रानाको मृत्यु भएकोहाे। उनका श्रीमान् पुएरा राना घाइते भएका छन्। उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

वर्षा नरोकिएकाले बिस्थापित परिवारको संख्या बढ्ने अनुमान गरिएको छ।कैलालीको मध्य क्षेत्रमा बग्ने कान्द्रा, काँडा नदीमा आएको बाढीले भजनी नपरपालिका पुरै वडा प्रभावित भएका छन्। भजनी–२, ५ र ६ मा पर्ने थापापुर र लालबोझीका एक सय बढी परिवार बिस्थापित भएका छन्।

नदीको सतह नाघेर पानीले बस्ती र खेत जलमग्न भएको स्थानीय भोजराज श्रेष्ठले बताए। उनका अनुसार डुबानमा परेका घर परिवार सुरक्षित स्थानका सरेका छन्। केही परिवार आफन्तको घरमा डेरा सार्न पुगेका छन्। घर भित्रको अन्न भिजेको छ।

भजनी इलाका प्रहरीले डुबानग्रस्त परिवारलाई सुरक्षित स्थानमा सर्न मााइकिंग गरिहेको छ। थापापुरका गंगाराम चौधरीले बाढीबाट बिस्थापित भएका परिवारलाई खान र बस्नको समस्या भएको छ। अर्काका घरमा बसिरहेका परिवारको घर भित्रको अन्न र लत्ताकपडा सबै भिजेको उनले बताए।उनका अनुसार बाढी नपसेको अग्लो स्थानमा रहेका आफन्तको घरमा बिस्थापित परिवार सरेका छन्। ‘बर्षा नरोकिए कुनै घर सुरक्षित नहुने छैन,’ उनले भने, ‘उद्धार गर्नु पर्ने अवस्था आउने भएको छ।’

सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जिल्लाभर भएको बाढीको जानकारी लिईरहेको बताए। ‘भजनी क्षेत्रमा डुबान बढ्दै गएको छ’ उनले भने, ‘त्यो क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरीलाई अर्लट राखेका छौ, सर्वसधारणलाई डुबानग्रस्त क्षेत्रबाट सुरक्षित स्थानमा सर्न माकिंगबाट आग्रह गरिहेको छौ।’

साभार कान्तिपुर


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...