Wednesday 5th November 2025

मेक्सिकोमा बामपन्थी नेता राष्ट्रपति निर्वाचित


तितोपाटी – वामपन्थी उम्मेदवार आन्द्रेस मानुएल लोपेज ओब्रादोरले मेक्सिकोको राष्ट्रपतीय निर्वाचनमा विजय प्राप्त गरेको बताउँदै अब देशमा ‘गहन परिवर्तन’ आउन लागेको भनेका छन् ।

राजधानी मेक्सिको सिटीका पूर्वमेयरलाई आम्लो भनी चिनिन्छ र उनले कुल मतको ५३ प्रतिशत प्राप्त गर्ने प्रक्षेपण गरिएको छ । उनका प्रतिस्पर्धीहरूले हार स्वीकार गरिसकेका छन् ।

उनले भ्रष्टाचारको ‘खराबी’ लाई हटाउने प्रतिज्ञा गरेका छन् । भ्रष्टाचारकै कारण देशमा सामाजिक असमानता र हिंसा फैलिएको उनको भनाइ छ ।

उनले ज्येष्ठ नागरिकका लागि पेन्सन दोब्बर बनाउने अनि अमेरिकासँग मित्रवत सम्बन्ध कायम गर्ने वाचा गरेका छन् ।

अमेरिकामा डोनल्ड ट्रम्प राष्ट्रपति भएपछि वाशिङटनसँग मेक्सिकोको सम्बन्ध बिग्रिएको छ । ट्रम्पले मेक्सिकोलाई व्यापार र आप्रवासनका विषयमा कठोर आलोचना गर्ने गरेका छन् । आम्लोले जितेपछि ट्रम्पले बधाई दिँदै ट्वीट गरेका छन् ।

आइतवार राति अबेर यी ६४ वर्षीय नेताले नागरिक स्वतन्त्रतालाई सम्मान गर्ने र निरंकुशताका लागि कुनै ठाउँ नदिइने बताए ।


सम्बन्धित शीर्षकहरु

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० पार्टी/समूहबीच एकता घोषणा भएको छ । बुधबार (कात्तिक १९) भृकुटीमण्डपमा एक कार्यक्रम…

सेबु: मंगलबार मध्य फिलिपिन्सको कालमेगी आँधीले ल्याएको वर्षाले ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन्।…

प्रतिकृयाहरू
...