Saturday 11th April 2026

झरीसँगै बाढीको जोखिम, कुन कुन नदी आसपासमा छ खतरा


देशका अधिकांश क्षेत्रमा मनसुनी झरी परिरहेकाले बाढीको खतरा हुने भन्दै सचेत रहन जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

सोमबार पूर्वदेखि पश्चिमका चुरे तथा महाभारत शृङ्खला भएर बग्ने प्रायः सबै खोला तथा नदीमा बाढी आउने सम्भावना रहेकाले आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो ।

मेची, बिरिङ, निन्दा, पथरी, कन्काई, बुढीखोला, त्रियुगा, खाडो, गागन, लालबकैया, कमला, पूर्वी राप्ती, बागमती, रिउखोला, विनयखोला, बाणगङ्गा, पश्चिम राप्ती, बबई, मोहन, मछेलीसहितका नदी तथा खोलामा बाढीको खतरा छ ।

बागमती र नारायणी नदीको तटीय क्षेत्रका बासिन्दा पनि सचेत हुनु पर्ने देखिएको छ । मंगलबार बिहानैसम्म सचेत हुन आग्रह गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिण लेबनानमा हिज्बुल्लाहका “सैन्य ठेगाना” र रकेट लन्च साइटहरूलाई लक्षित गर्दै ठूलो हवाई हमला गरेको जनाएको छ। इजरायलले…

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

प्रतिकृयाहरू
...