Monday 15th December 2025

सप्तकोशी नदीमा पानीको बहाव बढ्यो, सतर्क रहन चेतावनी


तितोपाटी – देशकै ठुलो सप्तकोशी नदी आसपासको क्षेत्रमा भिषण बर्षात् भएर पानीको बहाव बढेपछि सर्तक रहन चेतावनी दिइएको छ । जल तथा मौसम पूर्वानुमान विभागले बितेको २४ घण्टामा सप्तकोशी नदीकोे पहाडी क्षेत्रमा भिषण बर्षात् भएकाले सर्तक रहन चेतावनी दिएको हो ।

विभागका अनुसार सप्तकोशीको चतरास्थित बर्षा मापन केन्द्रमा बितेको २४ घण्टामा १४६ मिलिमिटर बर्षात् भएको छ । त्यसैगरी १२ घण्टाभित्रमा ९१ मिलिमिटर बर्षात् भएको छ । भारी बर्षात् भएपछि पानीको सतह पनि बढ्दै गएकाले विभागले सतर्क रहन भनेको हो । सप्तकोशीका सहायक नदी रहेका पहाडी तथा हिमाली क्षेत्रमा पनि भिषण बर्षात् भइरहेकाले विभागले सतर्क रहन आग्रह गरेको छ ।

‘सप्तकोशीको चतरास्थित बर्षा मापन केन्द्रमा गएको २४ घण्टामा १४६ मिलिमिटर, १२ घण्टामा ९१ मिलिमिटर बर्षा भएको छ र अहिले पनि बर्षा हुने क्रम जारी रहेकाले आसपासमा सतर्क रहन अुनरोध छ’, विभागले भनेको छ, ‘आज र भोली देशको अधिकांश पहाडी क्षेत्रमा वर्षा हुने देखिएकोले स-साना खोलानाला र पहिरोग्रस्त क्षेत्रमा सतर्कता अपनाइराखौं।’

आज र भोली पहाडी तथा चुरे र तराईको केही भागमा मध्यमदेखि भारी बर्षा हुने सम्भावना भएकाले सतर्क हुन विभागले आग्रह गरेको छ । विभागले चुरे र पहाडी क्षेत्रका साना खोलानालामा पनि बाढी आउने भएकाले सतर्क रहन भनेको छ।


सम्बन्धित शीर्षकहरु

बंगलादेश सेनाले भनेको छ कि सुडान र दक्षिण सुडान बीचको विवादित क्षेत्र अबेईमा रहेको संयुक्त राष्ट्रसंघको बेसमा भएको "आतंकवादी" आक्रमणमा…

तीतोपाटी – कुवेतको नेपाली समाजमा विभिन्न संघ संस्थाहरू खुल्ने क्रममा गोरखा समाज कुवेतको पनि गठन भएको छ भने समाजको प्रथम…

लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट…

प्रतिकृयाहरू
...