Saturday 21st March 2026

सप्तकोशी नदीमा पानीको बहाव बढ्यो, सतर्क रहन चेतावनी


तितोपाटी – देशकै ठुलो सप्तकोशी नदी आसपासको क्षेत्रमा भिषण बर्षात् भएर पानीको बहाव बढेपछि सर्तक रहन चेतावनी दिइएको छ । जल तथा मौसम पूर्वानुमान विभागले बितेको २४ घण्टामा सप्तकोशी नदीकोे पहाडी क्षेत्रमा भिषण बर्षात् भएकाले सर्तक रहन चेतावनी दिएको हो ।

विभागका अनुसार सप्तकोशीको चतरास्थित बर्षा मापन केन्द्रमा बितेको २४ घण्टामा १४६ मिलिमिटर बर्षात् भएको छ । त्यसैगरी १२ घण्टाभित्रमा ९१ मिलिमिटर बर्षात् भएको छ । भारी बर्षात् भएपछि पानीको सतह पनि बढ्दै गएकाले विभागले सतर्क रहन भनेको हो । सप्तकोशीका सहायक नदी रहेका पहाडी तथा हिमाली क्षेत्रमा पनि भिषण बर्षात् भइरहेकाले विभागले सतर्क रहन आग्रह गरेको छ ।

‘सप्तकोशीको चतरास्थित बर्षा मापन केन्द्रमा गएको २४ घण्टामा १४६ मिलिमिटर, १२ घण्टामा ९१ मिलिमिटर बर्षा भएको छ र अहिले पनि बर्षा हुने क्रम जारी रहेकाले आसपासमा सतर्क रहन अुनरोध छ’, विभागले भनेको छ, ‘आज र भोली देशको अधिकांश पहाडी क्षेत्रमा वर्षा हुने देखिएकोले स-साना खोलानाला र पहिरोग्रस्त क्षेत्रमा सतर्कता अपनाइराखौं।’

आज र भोली पहाडी तथा चुरे र तराईको केही भागमा मध्यमदेखि भारी बर्षा हुने सम्भावना भएकाले सतर्क हुन विभागले आग्रह गरेको छ । विभागले चुरे र पहाडी क्षेत्रका साना खोलानालामा पनि बाढी आउने भएकाले सतर्क रहन भनेको छ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...