Monday 12th January 2026

नेपाल भित्रियो पहिलो वाइडबडी विमान


तितोपाटी – नेपाल वायु सेवा निगमको पहिलो वाइडबडी ए ३३०–२०० विमान अन्नपूर्ण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अवतरण गरेको छ ।

विमान निर्माण गरिएको फ्रान्सको तुलुजबाट ९ घण्टाको उडानपछि काठमाडौं आइपुगेको हो । गत वैशाखमा निगमले दुर्इ वटा जहाज फ्रान्सको एआर किन्न सम्झौंता गरेको थियो ।

जहाज किन्न सरकार जमानी बसेर कर्मचारी संचय कोष र नागरिक लगानी कोषबाट २४ अर्ब रुपैयाँ निगमले ऋण लिएको छ । अर्को जहाज डेढ महिनापछि काठमाडौं आउनेछ ।

जहाजमा २ सय ७४ सीट छन् । जसमा १८ सीट विजनेश र २ सय ५६ सीट साधारण क्लासका छन् । तुलुजबाट क्याप्टेन टिआर्इ भिन्सेन्को टर्म्यानेट र फ्लाइट अफिसर जाओ सिजर भियरा डा सिल्भाको कमाण्डमा विमान काठमाडौं ल्याइएको हो ।

निगमका अनुसार नेपाल नागरिक उड्ययन प्राधिकरणको उडान अनुमति दिएपछि व्यवसायिक उडानमा लगाइनेछ ।

जहाजबाट पहिलो चरणमा दुबर्इ र दोहा उडान गर्ने निगमले जनाएको छ । जहाज नेपाल ल्याउनुअघि फ्रान्समै अन्तिम परीक्षण उडान गरिएको थियो ।

निगमको नयाँ जहाजले जापान र दक्षिण कोरिया उडान सुरु गर्नेछ । जापान र दक्षिण कोरियामा धेरै नेपालीले काम गर्दै आएका छन् ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...