Tuesday 17th March 2026

दुइ कोरिया विच रेल सेवा


तितोपाटी – उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालनका विषयमा मङ्गलबार छलफल हुने भएको जनाइएको छ । दुइ कोरियालाई रेल सेवाले जोड्ने र आगामी दिनमा संयुक्त रुपमा र आधुनिक रुपमा सेवा सञ्चालन गर्ने विषयमा छलफल गर्न दुई कोरियाको रेवा सेवाका अधिकारीहरु मङ्गलबार एक बैठकमा बसेका हुन् ।

दक्षिण कोरियाली भू–भागमा पर्ने दुवै कोरियाको सीमा गाँउ पानुमजोममा अवस्थित ‘पिस हाउस’ मा मङ्गलबार बिहान १० बजेबाट यो बैठक सुरु भएको सोलबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

यस बैठकमा दुई कोरियाको पूर्वी र पश्चिमी क्षेत्रबाट रेलसेवा जोड्ने विषयमा कुराकानी भएको बताइएको छ । यो प्रयासका बारेमा यी देशबीच पहिलो पटक यसरी वार्ता भएको हो ।

दुवै कोरियाको पूर्वी र पश्चिमी क्षेत्रलाई जोड्नेगरी सुरुआत गरिने यस रेलसेवाको बारेमा सो बैठकमा कुराकानी हुनेछ । साथै यस बैठकमा उत्तर कोरियाको रेल सेवालाई आधुनिकीकरण गर्ने विषयमा पनि आवश्यक छलफल गरिने बताइएको छ । दुवै देशको रेलसेवा मन्त्रालयका उपमन्त्रीको नेतृत्वमा उत्तर र दक्षिण कोरियाका तीन÷तीन जना सदस्य यस वार्तामा सहभागी भएका छन् ।

दक्षिण कोरियाली अधिकारीहरुले उत्तर कोरियासँगको रेल सेवा जोड्ने विषयमा कुराकानी मात्र भएको तर, अहिले नै सेवा सञ्चालन भइहाल्ने अवस्था भने नरहेको बताएका छन् ।

उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघ, अमेरिका र दक्षिण कोरियाको पनि आर्थिक, यातायात लागयतका धेरै विषयमा नाकाबन्दी कयमै छ । ती नाकाबन्दीहरु नहटाएसम्म उत्तर कोरियासँग आर्थिक, व्यापारिक र पारवहनसम्बन्धी कुनै पनि विषयहरुमा सहकार्य र सम्झौता नहुने बताएका छन् ।

यी दुई देश गएका केही महिनायतादेखि बडो नाटकीय रुपमा नजिक भएका छन् । गएको दुई महिनायता उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच दुई पटक भेटवार्ता भएको छ ।

त्यसैगरी दशकौँदेखिको एक किसीमले भन्दा सत्रु राष्ट्र नै रहेको भनिएको अमेरिका र उत्तर कोरियाबीच पनि यही जुन १२ मा सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता भएको छ ।

सो वार्तापछि भने उत्तर कोरियासँग अमेरिका, राष्ट्रसंघ र दक्षिण कोरिया पनि केही नरम हुने कैयौँ सङ्केतहरु देखिएका छन् । त्यसैले कतिपय नाकाबन्दीहरु हट्नेमा उत्तर कोरिया आशावादी रहेको बताइन्छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

प्रतिकृयाहरू
...