Sunday 27th September 2026

विदेश जान ठिक्क परेका १० जना महिलालाई प्रहरीले रोक्यो


आकर्षक रोजगारीको प्रलोभनमा विदेश लैजाँदै गरिएका १० जना महिलालाई प्रहरीले उद्धार गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले बैदेशिक रोजगारको नाममा बेच्न लैजाँदै गरिएका ति महिलालाई उद्धार गरिएको जनाएको छ ।

प्रभागका अनुसार नयाँ बसपार्कबाट बसमा राखेर बुटवल हुँदै विदेश लैजान लागिएको सुचना प्राप्त भएपछि नयाँ बसपार्क, स्वयम्भू र कलंकीबाट गत शनिबार र आइतबार उनीहरुको उद्धार गरिएको हो । ति मध्ये सवैले आफू विदेश जान लागेको बताएका थिए । त्यसमध्ये चारजनासँग भनें साथमा पासपोर्ट रहेको र आफूखुशी मेनपावर कम्पनी मार्फत विदेश जान लागेको बताएपछि उनीहरुलाई परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ । बाँकी छ जनालाई भनें सुरक्षित आवास गृहमा राख्ने गरी शक्ति समुहको जिम्मा लगाइएको छ ।
साभार देशप्रदेश


सम्बन्धित शीर्षकहरु

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ। सशस्त्र…

आजदेखि हिन्दु धर्मावलम्बीहरूले पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु गरेका छन्। यस अवधिमा दिवंगत पूर्वजहरूको सम्झना गर्दै तर्पण, पिण्डदान, जल अर्पण, दान…

अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा सुरक्षा बलले मानव तस्करीको प्रयास विफल पार्दै ११३ जनाको उद्धार गरेको छ। प्रहरीका अनुसार ६ जना…

प्रतिकृयाहरू
...